मुख्यमन्त्री तामाङले गरे प्रधानमन्त्री मोदीसॅंग भेट, राज्य स्थापनाको 50औं वर्षगॉंठको निम्ति दिए औपचारिक निमन्त्रणा
मुख्यमन्त्री तामाङले गरे प्रधानमन्त्री मोदीसॅंग भेट


गान्तोक, 26 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीले 16 मई, 2025 मा पालन गरिने सिक्किमको राज्य स्थापना दिवस समारोहमा प्रधानमन्त्री मोदीलाई मुख्य अतिथिका रूपमा उपस्थितिका लागि औपचारिक निमन्त्रणा दिए।

मुख्यमन्त्री तामाङले आज आफ्नो सोशियल मिडिया ह्यान्डल फेसबुक पेजमा उक्त जानकारी साझा गरेका छन्। प्रधानमन्त्री मोदीसॅंग भएको भेट अवधि मुख्यमन्त्रीले जन्माष्टमीको शुभकामना व्यक्त गरे। उनले प्रधानमन्त्रीसॅंग राज्य सम्बन्धित विभिन्न विषयहरूमाथि फलदायी चर्चा भएको जानकारी गराएका छन्।

मुख्यमन्त्री तामाङले आउॅंदो राज्य दिवसको विशेष महत्व रहेको छ, कारण सिक्किम भारतमा विलय भएको पचास वर्ष पुग्नेछ भनी जानकारी गराएका छन्। सिक्किम 1975 मा 22 औं राज्यको रूपमा भारतको अभिन्न अंग बनेको थियो। उनले इतिहासको यो कोसेढुङ्गा लामो समयदेखि रोकिएका आकांक्षाहरूको पूर्तिको प्रतीक रहेको ठहर गरेका छन्। उनले विलय सिक्किमवासीहरूको निम्ति उत्प्रेरक बनेको बताएका छन् जसले आधुनिक संस्थान, विज्ञान र प्रौद्योगिकीमा उन्नति तथा समग्र प्रगतिको निम्ति अनेक अवसरहरू प्राप्त भए।

मुख्यमन्त्री तामाङले यस ऐतिहासिक अवसर मनाउन सिक्किम सरकारले 'सुनौलो, समृद्ध र समर्थ सिक्किम' थीममा एक वर्षव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको जानकारी गराएका छन्। उनले देशका प्रधानमन्त्रीले निमन्त्रणालाई सहर्ष स्वीकार गरेको जानकारी गराउॅंदै खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिले यस अवसरको महत्त्व बढेर जाने तथा वास्तवमा अविस्मरणीय बन्ने उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले यस विशेष दिनमा प्रधानमन्त्रीको गरिमामय उपस्थितिमा सिक्किमको समृद्ध सांस्कृतिक विरासत र प्राकृतिक सौन्दर्य प्रदर्शित गर्नु राज्यपको निम्ति सौभाग्यको कुरा हुने बताएका छन्। उनले यस भव्य उत्सवको निम्ति सिक्किमवासीहरूलाई एकजुट बन्न र टिम सिक्किम बनेर काम गर्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande