नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भीडियो कन्फ्रेन्सिङको माध्यमले तीन वन्दे भारत रेलगाड़ीहरूलाई प्रस्थान गराए।
यस अवसरमा उनले भने, वन्दे भारत आधुनिक बन्दै गएको भारतीय रेलवेको नयाँ स्वरूप हो। आज शहरमा, हर रूटमा वन्दे भारतको माग छ। हाई-स्पीड ट्रेनहरूले मानिसहरूमा व्यापार, रोजगार र सपनाहरूलाई विस्तार दिने विश्वास जगाउँछ। आज देशभरिमा 102 वन्दे भारत रेलवे सेवाहरू संचालित भइऱहेका छन्।
प्रधानमन्त्री मोदीले ‘मेक इन इण्डिया’ र आत्मनिर्भर भारतको दृष्टिकोणलाई साकार गर्दै अत्यधुनिक वन्दे भारत एक्सप्रेसले तीन मार्गहरू: मेरठ-लखनऊ; मदुरै-बेङ्गलुरू र चेन्नई-नागरकोइलमा कनेक्टिविटीमा सुधार गर्ने बताए। यो वन्दे भारत रेलगाड़ीहरूले वर्तमानमा तीव्र गतिमा कुदिरहेका गाड़ीहरूको तुलनामा यात्राको समयलाई कम गर्नेछ। मेरठ सिटी-लखनऊ वन्दे भारतमा लगभग 1 घण्टा, चेन्नई एग्मोर-नागरकोइल वन्दे भारतमा 2 घण्टा र मदुरै-बेङ्गलुरू वन्दे भारतमा यात्राको समयमा डेढ़ घण्टाको बचत हुनेछ।
प्रधानमन्त्रीले भने, वन्दे भारत ट्रेनहरू जहाँबाट पनि संचालित हुन्छ, त्यहाँ पर्यटनमा वृद्धि भएको छ, जसको परिणामस्वरूप स्थानीय व्यवसायहरूमा वृद्धि भएको छ र रोजगारका नयाँ अवसरहरू जन्मेका छन्। विकसित भारतको लक्ष्यलाई पूरा गर्न दक्षिणका राज्यहरूमा तीव्र गतिमा विकास हुनु धेरै जरूरी छ। दक्षिण भारतमा अपार प्रतिभा छ, अपार संसाधन र अवसर छ। तमिलनाडू र कर्नाटक समेत पूरा दक्षिणको विकास हाम्रो सरकारको प्राथमिकता हो। गत 10 वर्षमा यी राज्यहरूमा रेलवेको विकास यात्रा यसको उदाहरण हो।
उनले भने, याे सालको बजेटमा हामीले तमिलनाडूलाई 6 हजार करोड़ रूपियाँभन्दा धेरै रेलवे बजेट दिएका छौं। यो बजेट 2014 को तुलनामा 7 गुणाभन्दा धेरै छ। यसैगरी कर्नाटकको निम्ति पनि यसपाली 7 हजार करोड़भन्दा धेरैको बजेट आवण्टित भएको छ। यो बजेट पनि 2014 को तुलनामा 9 गुणा धेरै छ। आज मेरठ-लखनऊ रूटमा वन्दे भारत ट्रेनको माध्यमले यूपी र खासगरी पश्चिमी यूपीका मानिसहरूले पनि खुशीको खबर पाएका छन्। मेरठ र पश्चिमी यूपी क्रान्तिको भूमि हो। आज यो क्षेत्र विकासका नयाँ क्रान्तिको साक्षी बनिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी