आरजी कर भ्रष्टाचार केसमा ईडीद्वारा दुई स्थानमा छापा
छापाको साङ्केतिक चित्र।


कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। आरकर अस्पतालमा वित्तीय अनियमितताको मामिलाको जॉंचमा प्रवर्तन निदेशालय (ईडी) फेरि सक्रिय भएको छ। बिहिवार बिहान कोलकातामा दुई स्थानमा ईडीले छापा मारेको छ।

ईडी अधिकारीहरूको साथमा केन्द्रिय बलका जवानहरू पनि उपस्थित छन्। ईडी अधिकारी बिहान लगभग 6:30 बजी टाला क्षेत्रको एउटा बहुतले अपार्टमेन्टमा पुगे, जहॉं तलाशी अभियान शुरू गरिएको छ। यस अपार्टमेन्टको पॉंचौं तलामा सन्दीप घोषको नजिक व्यवसायी चन्दन लौह बस्छन्।

कालिन्दीमा पनि एक ठाउॅं छापा मारिएको छ। कालिन्दीमा अक्टेन मेडिकल नामक एउटा कम्पनीको कार्यालयमा छापा चलिरहेको छ। यस कम्पनीले चिकित्सा उपकरणहरू आपूर्ति गर्दछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande