आईफोन-16 को बिक्री शुरू, दिल्ली र मुम्बईका स्टोरहरूमा मानिसहरूको भीड़
आईफोन-16 को बिक्री शुरू, दिल्ली र मुम्बईका स्टोरहरूमा मानिसहरूको भीड़


नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। भारतमा आईफोन-16 सीरीजको मोबाइल फोनको बिक्री आजदेखि शुरू भयो। एप्पलका नयाँ दिल्ली र मुम्बई दुवै आधिकारिक स्टोर बिहान 8 बजे खोलिए। आईफोन खरिद गर्नका लागि मानिसहरू नयाँ दिल्लीको साकेतस्थित सेलेक्ट सिटी वकमा लामबद्ध भएर बसेको देखियो। प्रायः एप्पलको स्टोर बिहान 11 बजे खोलिन्थ्यो। आज एप्पलको नयाँ फोन खरिद गर्नका लागि दुवै स्टोर बाहिर मानिसहरूको भीड़ एकत्र भएको थियो।

कम्पनीले गत9 सेप्टेम्बरमा आफ्नो यस वर्षको सबैभन्दा ठूलो इभेन्ट 'इट्स ग्लोटाइम'- मा एआई फिचर्स सहित आईफोन-16 सीरीज लन्च गरेको थियो। यसमा आईफोन- 16आईफोन-16 प्लस, आईफोन-16 प्रो तथा आईफोन-16 प्रो म्याक्स सामेल छन्। एप्पलले गत 13 सेप्टेम्बरमा यसको बुकिंग पनि शुरू गरेको थियो। ग्राहकहरूले फोनको अफिशियल वेबसाइट र ई-कमर्स वेबसाइट फ्लिपकार्ट औ अमेजनबाट बुक गर्न सक्छन्।

भारतमा आईफोन-16 को शुरुआती मूल्य 79,900 रुपियाँ छ भने प्रो म्याक्सको मूल्य 1,44,900 रुपियाँ रहेको छ। जबकि अमेरिकामा यही आईफोन-16 मोडल 799 डलर (67,100 रुपियाँ) तथा प्रो म्याक्स 1199 डलर (1,00,692 रुपियाँ)-मा खरिद गर्न सकिन्छ। तथापिआईफोन-16 सीरीजको मोडल्स भारतमा पनि असेम्बल भइरहेको भए पनि प्रो म्याक्स मोडल भारतमा अमेरिकाको तुलनामा 44 हजार रुपियाँ अनि आईफोन-16 मोडल लगभग 13 हजार रुपियाँ महँगो छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande