आइजोल, 05 सेप्टेम्बर (हि.स.)। मिजोरममा धेरै मात्रामा मेथामफेटामाइन जफत गरिएको छ। गुप्त सूचनाको आधारमा मिजोरमको सीआईडीले सकार्टू सहुन क्षेत्रको लुंगवेरहमा छापा मारेर मादक पदार्थ जफत गरेको बताइएको छ।
पुलिस टीमले एउटा बोलेरो वाहनमा छामा मारेर 41.234 किलोग्राम संदिग्ध मेथामफेटामाइन जफत गऱ्यो। जफत गरिएका नशालु पदार्थको कालो बजारमा मूल्य लगभग 5 करोड 36 लाख रुपियॉं रहेको छ। यस बीच, पुलिसले मादक पदार्थ तस्करीको आरोपमा म्यान्मारका एक नागरिकसहित पॉंच जनालाई पक्राउ गरेको छ।
पक्रा पर्ने व्यक्तिहरूको पहिचान म्यान्मार निवास अदंथारा (27), मिजोरम चम्पाई जिल्लाको हरशुकौनका रोसरलियाना (38), करीमगंज जिल्लाक रूपागुलाका वनलालवुंगा (47), नासिर उद्दीन (34) र उत्तरी त्रिपुरा जिल्लाको अनुरुल हक (37) को रूपमा गरिएको छ। यस सम्बन्धमा एनडीपीएस अधिनियमको धारा 22(सी)/25/29 (1) अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल