प्रधानमन्त्री मोदी आज ब्रुनेईदेखि सिङ्गापुर जाने
प्रधानमन्त्री मोदी आज ब्रुनेईदेखि सिङ्गापुर जाने


बन्दर सेरी बेगवान, 04 सेप्टेम्बर (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज ब्रुनेईको दौड़ाह पूरा गरेर सिङ्गापुर जानेछन्। प्रधानमन्त्री मोदी सिङ्गापुरमा राष्ट्रपति थर्मन शनमुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सीन लूङ, गोह चोक टोङसित भेट गर्नेछन्। उनी सिङ्गापुरको व्यापारी समुदायका नेताहरूसित पनि भेट्नेछन्। उनको ब्रुनेई र सिङ्गापुरको तीन दिवसीय राजकीय यात्रा हिजो मंगलवार शुरू भएकाे हाे।

यात्राको पहिलो चरणमा उनी हिजो ब्रुनेईको राजधानी बन्दर सेरी बेगवान पुगे। आज सिङ्गापुर जान अगाड़ी उनी ब्रुनेईका सुल्तान हाजी हसनल बोलिकायहको साथ द्विपक्षीय बैठक गर्नेछन्। यस बैठकमा रक्षा र उर्जा सम्बन्धहरूमाथि चर्चा हुने अनुमान छ। उनी आज दिउँसोको भोजन सुल्तान हसनअल बोल्कियाको आधिकारिक निवास इस्ताना नूरूल इमान पेलेसमा गर्नेछन्। यो विश्वको सबैभन्दा ठूलो महल हो। यस महलको नाम गिनीज वर्ल्ड रेकर्ड्समा दर्ता छ। यसमा 1,788 कमरा, 257 बाथरूम र 38 प्रकारका संगमरमरले बनेको 44 सीढ़ी छ।

ब्रुनेईका केही यादगार क्षणहरूको फोटोहरू संक्षिप्त विवरणको साथ प्रधानमन्त्री मोदीले एक्स ह्याण्डलमा साझा गरेका छन्। उनी ब्रुनेईमा उमर अली सैफुद्दीन मस्जिद पनि गए। यसलाई वर्तमान सुल्तानका पिताले बनाएका थिए। उनले भारतीय उच्चायोगमा नयाँ चांसरी परिसरको पनि उद्घाटन गरे। दुवै ठाउँ उनले भारतीय प्रवासीहरूसित कुराकानी गरे। प्रधानमन्त्रीको विशेष विमान हिजो साझँ ब्रुनेई दारूसलामको हवाई अड्डामा उत्रियो। प्रधानमन्त्री मोदीको हवाई अड्डाम शहजादा अल-मुहतदी बिल्लाहले स्वागत गरे। प्रधानमन्त्री मोदीलाई हवाई अड्डामा गार्ड अफ अनर पनि दिइयो। ब्रुनेई उर्जा भण्डारको दृष्टिले धेरै सम्पन्न छ। भारतले अहिलेपनि ब्रुनेईबाट काँचो तेलको खासै राम्रो आयात गर्दछ।

विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जायसवालले भने, कुनै भारतीय प्रधानमन्त्रीको यो पहिलो ब्रुनेई यात्रा हो। भारतीय विदेश मन्त्रालयले एक बयानमा भन्यो, ब्रुनेईमा भारतीयहरूको आगमनको पहिलो चरण 1920 को दशकमा तेलको खोजको साथ शुरू भयो। वर्तमानमा लगभग 14,000 भारतीय ब्रुनेईमा बसिरहेका छन्। प्रधानमन्त्री मोदीले दौड़ाह शुरू गर्न अगाड़ी भारत र ब्रुनेईबीच कूटनीतिक सम्बन्धहरूको 40 वर्ष पूरा भएको खास रूपमा उल्लेख गरे। ब्रुनेई पुगेपछि उनले एक्समा लेखेका छन्, ब्रुनेईको साथ खास रूपमा वाणिज्यिक र सांस्कृतिक क्षेत्रमा अझ् बलियो हुनेछ भनी आशा गर्दछु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande