कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको स्वास्थ्य विभागले पूर्व बर्दवान जिल्लाको बर्दवान मेडिकल कलेज एवं अस्पतालका सीनियर रेजिडेन्ट डा. विरूपक्ष बिश्वासलाई बुधवार ट्रान्सफर गरियाे। पेथोलोजी विभागमा तैनात डा. विरूपक्षलाई दक्षिण 24 परगना जिल्लाको काकद्वीप सब-डिवीजन अस्पतालमा साेही पदमा तैनात गरिएको छ। डा. विरूपक्ष आरजी कर मेडिकल कलेज एवं अस्पतालका पूर्व प्रिन्सिपल संदीप घोषकाे नजिक मानिन्छन्।
संदीप घोषलाई निलम्बित गरिएको एक दिनपछि यो कारबाही भएको छ। स्वास्थ्य विभागको एक सूत्र अनुसार, कुनै डाक्टरको मेडिकल कलेजबाट उपमण्डल अस्पतालमा एकै पदमा ट्रान्सफर साधारण रूपमा एक प्रकारको सजाय मानिन्छ। डा. विरूपक्ष विरूद्ध जूनियर डाक्टरहरूले शिकायत गरेका थिए।
आरजी कर मेडिकल कलेजमा जूनियर डाक्टरको दुष्कर्म एवं हत्याको घटना भएको केही दिनपछि डाक्टरहरूको सोशल मीडियामा एउटा अडियो क्लिप भाइरल भयो। यसमा बिस्वासलाई एक मेडिकल इन्टर्नलाई धम्की दिँदै यदि उक्त जूनियरले उनको निर्देशहरूको पालन नगरेकाे खण्डमा उनको रजिस्ट्रेशन रद्द गरिने धम्की दिएकाे सुनिएकाे थियो। यद्यपि, यस भाइरल अडियोको प्रमाणिकताको पुष्टि हुनसकेको छैन, तर यो भाइरल भएपछि धेरै जूनियर डाक्टरहरूले बिस्वाससहित घोषका नजिक मानिने डाक्टरहरूद्वारा राज्यका विभिन्न मेडिकल कलेजहरूमा धम्कीको संस्कृति शुरू गरेको शिकायत गरे।
राज्यको चिकित्सा क्षेत्रको एक वर्गको भनाई छ, बिस्वासको ट्रान्सफर गरेर राज्य स्वास्थ्य विभागले घोषका करीबीहरूलाई एक सन्देश दिने प्रय़ास गरेको छ, जस विरूद्ध यस्तै किसिमको शिकायतहरू छन्। संदीप घोषलाई केन्द्रिय जाँच ब्यूरोद्वारा आरजी कर मेडिकल कलेजमा वित्तीय अनियमितताहरूको जाँचको क्रममा हिरासतमा लिइएको एक दिनपछि मंगलवार राज्य सरकारले एक अधिसूचना जारी गरेर उनलाई राज्य चिकित्सा सेवाहरूबाट निलम्बित गऱ्यो, किनभने उनी विरूद्ध आपराधिक मुकदमा चलिरहेको छ। घोष विरूद्ध सीबीआईद्वारा आरजी कर मेडिकल कलेजमा वित्तीय अनियमितताहरू र दुष्कर्म एवं हत्याको मामिलाहरूको जाँच चलिरहेको छ। यी दुवै जाँच अदालतको निगरानीमा भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी