गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतामा आज जिल्ला प्रशासनिक केन्द्रमा ठाकुरबाडी मन्दिर कमिटीको आम सभा बस्यो। बैठकमा अप्पर एमजी मार्गमा कार्यकारी पार्षद सन्दिप मालु, एएसपी कर्म छेडुप भोटिया, एडीसी सिसुम वाङचुक भोटिया, एडीसी छिरिङ नोर्ग्याल थीङ लगायत मारवाडी, बिहारी र नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
बैठकमा नेपाली, मारवाडी र बिहारी समुदायबाट पॉंच-पॉंच जना प्रतिनिधिहरूलाई लिएर एकहक कमिटी गठन गरियो, जसले कार्यकारी प्रबन्धन कमिटीका सदस्यहरू चयन गर्नेछन्। बैठकमा नयॉं प्रबन्धन कमिटीको गठनपछि पूर्वका सबै कमिटी पञ्जीकरणहरूले काम गर्न बन्द गर्ने जानकारी गराइयो। बैठकमा अन्तरक्रिया सत्र पनि राखिएको थियो जसमा उपस्थित विभिन्न समुदायका प्रतिनिधिहरूले मन्दिरमा सुधारको लागि काम गर्न प्रतिबद्धता प्रकट गरे।
हिन्दुस्थान समाचार / बिशाल