मङ्कीपक्सको संदिग्ध रोगी भेटिएपछि स्वास्थ्य मन्त्रालय अलर्ट, राज्यहरूलाई जारी गऱ्यो परामर्श
मङ्कीपक्सको संदिग्ध रोगी भेटिएपछि स्वास्थ्य मन्त्रालय अलर्ट, राज्यहरूलाई जारी गऱ्यो परामर्श


नयाँ दिल्ली, 09 सेप्टेम्बर (हि.स.)। देशमा मङ्कीपक्सको एक संदिग्ध रोगी भेटिएपछि केन्द्र सरकार सतर्क भएको छ। सोमवार स्वास्थ्य मन्त्रालयले सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई चिट्ठी लेखेर एडवाइजरी जारी गरेको छ। राज्यहरूलाई सतर्कता अपनाउनका साथै मङ्कीपक्सको संदिग्ध रोगीहरूको जाँच गर्न र उनीहरूको सम्पर्कमा आएका मानिसहरूको पत्तो लगाउने सुझाउ दिइएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा लेखिएको चिट्ठीमा भनिएको छ, विश्व स्वास्थ्य संगठनले मङ्कीपक्सलाई चिन्ताको विषय घोषित गरेको छ। यसैले यसमाथि कडाईका साथ निगरानी र यसको सामना गर्ने सबै उपायरहरू गरिनुपर्छ। यस सम्बन्धमा सबै जानकारी स्वास्थ्य मन्त्रालयलाई दिइनेछ। मन्त्रालयले भनेको छ, मङ्कीपक्सका संदिग्ध रोगीहरूको नमूनाको जाँचको निम्ति धेरै ल्याब निर्धारित गरिएका छन्, जसको जानकारी सबै राज्यहरूलाई दिइएको छ। यसका साथै सबै राज्यहरूका लागि प्रोटोकल पनि जारी गरिएको छ।

उल्लेख्य, आइतवार भारतमा मङ्कीपक्सको एक संदिग्ध रोगी भेटिएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ, एक व्यक्तिमा मङ्कीपक्सको लक्षण भेटिएको छ, जो हालमा विदेशबाट भारत फर्केका हुन्। संदिग्ध रोगीको अस्पतालमा पृथकवासमा उपचार भइऱहेको छ। अधिकारीहरू अनुसार, संदिग्ध रोगीको स्थिति अहिले ठीकै छ, उसको नमूना लिएर जाँचको निम्ति पठाइएको छ। मन्त्रालय अनुसार, प्रोटोकल अन्तर्गत त्यस व्यक्तिको सम्पर्कमा आएका सबैको जाँच भइऱहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande