राहुल गान्धीको बयान चीनप्रति उनको प्रेम र भारतबारे सोचलाई दर्शाउँछ- खण्डेलवाल
राहुल गान्धीको बयान चीनप्रति उनको प्रेम र भारतबारे सोचलाई दर्शाउँछ- खण्डेलवाल


नयाँ दिल्ली, 09 सेप्टेम्बर (हि.स.)। लोकसभामा नेता विपक्ष एवं कांग्रेस सांसद राहुल गान्धीको टेक्सासमा दिइएको बयानमा कन्फेरेशन अफ अल इण्डिया ट्रेडर्स (क्याट) का राष्ट्रिय महामन्त्री एवं भाजपा सांसद प्रवीण खण्डेलवालले प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भनेका छन्, राहुल गान्धीले चीनको उल्लेख गरेर एक पल्ट फेरि उनलाई चीनसित कति प्रेम छ भनी देशलाई बताएका छन् जबकि सारा देश चीनी सामग्रीको बहिष्कार गर्न जुटेको छ।

उनले राहुल गान्धीको टेक्सासमा दिइएको बयानमा आफ्नो प्रतिक्रियामा भनेका छन्, राहुल गान्धीद्वारा भारतमा रोजगारको समस्याको उल्लेख गरिनु उनले भारतबारे के सोच्छन् भन्ने देखाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि आज लाखौं रोजगार सृजित भइऱहेको छ। यदि आज रोजगारको समस्या छ भने त्यसको कारण कांग्रेस हो, किनभने आफ्नो लामो समयको शासनकालमा कांग्रेस पार्टीले जति जनसंख्या बढ्यो त्यसैको अनुपातमा रोजगार सृजित हुने व्यवस्था बनाउन सकेन।

क्याट महामन्त्री एवं चान्दनी चौकबाट भाजपा सांसद खण्डेलवालले भने, तरैपनि प्रधानमन्त्री नरेन्द्र मोदीले गत 10 वर्षमा रोजगारको नयाँ आयाम स्थापित गरेका छन्, जहाँ उनले विश्वकर्मा योजना, स्वनिधि योजना आदिको माध्यमले रोजगार सृजनको शानदार काम गरेका छन्। राहुल गान्धीले बुझ्नुपर्छ, उनले कहिले र कहाँ के बोलीरहेका छन्। यदि विपक्षका नेताले यस प्रकारको गैर-जिम्मेवार बयान दिन्छन् भने जनताले यसको जवाफ दिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande