आरजी कर घोटालाको रकम बांग्लादेशको रियल एस्टेट र सुनको कारोबारमा निवेश गरियो
आरजी कर घोटालाको रकम बांग्लादेशको रियल एस्टेट र सुनको कारोबारमा निवेश गरियो


कोलकाता, 09 सेप्टेम्बर (हि.स.)। कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा वित्तीय अनियमितताहरूको जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूलाई ठूलो साक्ष्य हात परेको छ। यस घोटालाबाट अर्जित कालो धनको एक हिस्सा हवालाको माध्यमद्वारा छिमेकी देश बांग्लादेशको रियल एस्टेट व्यवसायमा अवैध रूपमा निवेश गरिएको साक्ष्य भेटिएको छ।

सूत्रहरू अनुसार, जाँचमा जफत गरिएका विभिन्न दस्तावेजहरूबाट जाँच अधिकारीहरूलाई दुई बांग्लादेशी व्यापारीहरूको नाम थाहा लागेको छ, जसले रियल एस्टेटको कारोबारमा चाँसो राख्छन् र हालमा प्रायः कोलकाता आइऱहन्छन्। यी व्यापारीहरूले आरजी कर कलेजका पूर्व प्रिन्सिपल संदीप घोषलाई भेट्ने गर्थे।

सूत्रहरू अनुसार, गत हप्ता ईडीका अधिकारीहरूले कोलकाताको उत्तरी उपनगर सल्टलेकमा एक व्यवसायी स्वप्न साहाको घरबाट सात करोड़ रूपियाँको सुनको खेप जफत गरेका छन्। स्वप्न साहालाई संदीप घोषको करीबी मानिन्छ। जब साहाले यस सुनको खरीद वा त्यसको फण्डिङको श्रोतबारे कुनै सन्तोषजनक जानकारी दिन सकेनन् तब ईडी अधिकारीहरूले यस खेपलाई जफत गरे। यो सुन दुबईदेखि बांग्लादेशको बाटो कोलकातामा तस्करी गरेर ल्याइएको सन्देह छ।

सूत्रहरूले भनेका छन्, ईडीले स्वतः संज्ञान लिँदै यस मामिलामा प्रवर्तन मामिला सूचना रिपोर्ट (ईसीआईआर) दर्ता गरेको थियो। यसपछि ईडी अधिकारीहरूले धेरै शेल कम्पनीहरूको अस्तित्वको पत्तो लगायो, जसले घोषका करीबी व्यापारीहरूका लागि मेडिकल उपकरणहरू वा देखरेख कार्य-आदेशहरूको ठेका हासिल गर्नमा महत्वपूर्ण भूमिका निभाइरहेका थिए।

ईडीले संदीप घोषको आयभन्दा अधिक सम्पत्तिको पनि जाँच गरिरहेको छ र उनका धेरै सम्पत्तिहरूको पत्तो लगाएको छ, जसमा कोलकातामा एक जोड़ी फ्ल्याट र उपनगरमा एक उच्च-स्तरीय रिसोर्ट बंगला सामेल छ, जसको बजार मूल्य धेरै करोड़ रूपिँया मापिएको छ।

सूत्रहरू अनुसार, ईडी अधिकारी घोष र उनको परिवारका सदस्यहरूको ब्याङ्क खाताहरू र सम्पत्तिहरूसित सम्बन्धित दस्तावेजहरूको पनि जाँच गरिरहेको छ ताकि यस मामिलामा थप साक्ष्य पाउन सकियोस्। ईडी बाहेक केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) का अधिकारीहरूले पनि आरजी करमा वित्तीय अनियमितताहरूको मामिलाको समानान्तर जाँच गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande