हैदरबादा, 09 सेप्टेम्बर (हि.स.)। तेलङ्गानामा दलबदल गर्ने विधायकहरूको अयोग्यतामा हाईकोर्टले अहम फसेला सुनाएको छ। हाईकोर्टले विधानसभा अध्यक्ष कार्यालयलाई चार हप्ताभित्र निर्णय लिन निर्देश दिएको छ। निर्देशमा भनिएको छ, यदि चार हप्तामा यसबारे कुनै फसेला लिएन भने यसको जाँच स्व संज्ञान मामिलाको रूपमा गरिनेछ।
दल बदली गर्ने विधायकहरूलाई अयोग्य ठहर गर्नका लागि हाईकोर्टमा धेरै याचिकाहरू दर्ता गरिएको छ। विपक्ष एवं भारत राष्ट्र समिति र भारतीय जनता पार्टी (भाजपा) का विधायक महेश्वर रेड्डीले याचिकाहरू दर्ता गरेका छन्। स्पीकारले यस सम्बन्धमा सुप्रीम कोर्टको आदेशहरूलाई ध्यान नदिएकाे विषयमा याचिकाकर्ताहरूले कोर्टको ध्यान आकर्षित गराए। दुवै पक्षको दलीलहरू सुनेपछि कोर्टले स्पीकर कार्यालयलाई चार हप्ताभित्र फसेला लिने आदेश दियो।
ज्ञात होस्, बीआरएसबाट निर्वाचित भएर कांग्रेसमा सामेल भएका तीन विधायक कड़ियम श्रीहरि (स्टेशनधनपुर), दानम नागेन्दरं (खैरताबाद) र तेल्लमवेंकट राव (भद्राचलम) लाई अयोग्य ठहर गरिनु पर्ने माग गर्दै भारत राष्ट्र समितिका विधायक पाडी कौशिक रेड्डी र केपी विवेकानन्द रेड्डीले हाईकोर्टमा याचिका दर्ता गरे, जसमा गत महिना 07 अगस्तमा सुनवाई समाप्त भयो। मुख्य न्यायाधीश बी विजयसेन रेड्डीले आज सोमवार मामिलामा आफ्नो फसेला सुनाए।
हिन्दुस्थान समाचार / भवानी थामी