दिल्ली विधानसभासित जोड़िएको अधिसूचना जारी, नामांकन प्रक्रिया शुरू
चुनाउ


नयाँ दिल्ली, 10 जनवरी (हि.स.)। राजधानी दिल्लीमा आगामी विधानसभा चुनाउसित जोड़िएको अधिसूचना जारी गरियो। यसपछि नामांकन प्रक्रिया शुरू भएको छ। चुनाउ आयोगले 07 फऱवरीमा राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा विधानसभासित जोड़िएको चुनाउ कार्यक्रमको घोषणा गरेको थियो।

दिल्लीमा प्रमुख रूपमा आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच भिड़न्त छ। कांग्रेस पार्टी पनि चुनावी मैदानमा छ।

नामांकन प्रक्रिया शुरू भएपछि अब 17 जनवरीसम्म दिल्लीको 70 विधानसभा सीटहरूका लागि उम्मेदवारले आफ्नो नामांकन गर्नसक्छन्। 18 जनवरीमा नामांकनको जाँच गरिनेछ। 20 जनवरीसम्म नाम फिर्ता लिन सकिन्छ। 05 फरवरीमा सबै सीटहरूका लागि मतदान हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande