गेजिङ, 10 जनवरी (हि.स.)। म्यारथन म्यान अफ् सिक्किम अमर सुब्बाको अगुवाईमा एक टोली पुणे, महाराष्ट्रमा आयोजन हुन लागिरहेको 'बुर्ज 2025 माउण्टेन अल्ट्रा रनिङ च्याम्पियनशिप' मा भाग लिनका लागि आज सुरक्षित पुणे पुगेको छ। टोलीमा कुल आठ धावकहरू छन्, जसले अमर सुब्बा म्यारथन म्यान एकाडेमी अफ् सिक्किमलाई प्रतिनिधित्व गर्दै च्याम्पियनशिपमा भाग लिनेछन्।
जानकारी अनुसार, यो ट्रेल रनलाई इन्टरनेशनल ट्रेल रनिङ एसोसिएशन र यूटीएमबीको मान्यता प्राप्त छ र यसले वर्ल्ड ट्रेल रन च्याम्पियनशिप 2025 को निम्ति क्वालिफायरको काम गर्दछ। धावकहरूमा अमर सुब्बा लगायत निर्मल सिंगर, प्रितम राई, सुष्मिता राई, अनुदा तामाङ, शान्ति राई, विवेक दाहाल र उनिसा तामाङ सामेल छन्। उक्त प्रतियोगिता 11 र 12 जनवरीका दिन पुणेमा हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल