माघे संक्रान्ति मेला 2025 लाई ध्यानमा राख्दै समन्वय बैठक सम्पन्न
माघे संक्रान्ति मेला 2025 लाई ध्यानमा राख्दै समन्वय बैठक सम्पन्न


नाम्ची, 10 जनवरी (हि.स.)। आगामी माघे संक्रान्ति मेला 2025 लाई ध्यानमा राख्दै आज नाम्चीस्थित जिल्ला प्रशासनिक केन्द्रमा एक समन्वय बैठक सम्पन्न भयो। जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा बसेको बैठकमा सीएमओ डा. एसएन अधिकारी, जोरथाङकी एसडीएम मानिका राई, नामथाङका एसडीएम प्रवीण गौतम तथा अन्य विभागका अधिकारीहरू उपस्थित थिए।

जिल्लापाल तामलिङले विभिन्न विभागहरूको भूमिका र जिम्मेवारीमाथि बोल्दै माघे मेला समारोह अवधि पुलिस विभागसॅंग समन्वय राख्न आह्वान गरिन्। उनले समारोहभरि कडा निगरानीमाथि जोड दिॅंदै फ्लड लाइटहरूको जडान, बालश्रम प्रतिबन्ध, सुरक्षित प्रवेश र निकास द्वार, अनाधिकृत दोकानेहरूलाई अनुमति नदिन र ​अग्निशमन वाहनहरूको बाधारहित पहुॅंच सुनिश्चित गर्न आदि विषयहरूमा सबैको ध्यान आकर्षित गराइन्।

जिल्लापालले पुरुष र महिलाको निम्ति छुट्टै मोबाइल टोइलेटको व्यवस्था, समयमा खाद्य गुणवत्ता जॉंच, बिजुली र पानीको पर्याप्त आपूर्ति, आपातकालीन सेवा सुनिश्चित गर्न आह्वान गरिन्। यस अतिरिक्त, उनले समारोहमा खटाइने कर्मचारीहरूको संख्या सम्बन्धित रिपोर्टको निम्ति अपील गर्दै दिन अनि रातको निम्ति दुईवटा टीम तयार गर्न सुझाउ दिइन्। उनले समारोह अवधि शान्ति सुनिश्चित गर्न सतर्कताको महत्वमाथि बल दिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande