नयाँ दिल्ली, 10 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले उद्यमी निखिल कामथको आगामी पडकास्टमा आफ्नो राजनीतिक जीवन र व्यक्तिगत विचारहरू साझा गरेका छन्। यो प्रधानमन्त्री मोदीको पहिलो पडकास्ट हो।
प्रधानमन्त्री मोदीले एक्समा निखिल कामथको पोस्टको जवाफ दिँदै भने, आशा छ, तपाई सबैले यसको उति नै आनन्द लिनेछन्, जतिको हामीलाई तपाईको निम्ति यो बनाउनमा आय़ो।
यस अगाड़ी पडकास्टको मेजबानी गर्ने जीरोधाका सह-संस्थापक निखिल कामथले यसको ट्रेलर जारी गरे। यसमा निखिलले प्रधानमन्त्रीसित राजनीति, उद्यमिता, नेतृत्व चुनौतीहरू र व्यक्तिगत विकास जस्ता विषयहरूमाथि चर्चा गर्छन्। ट्रेलरमा उनले भन्छन्, उनी प्रधानमन्त्री नरेन्द्र मोदी सामू बसेर नर्वस महसूस गरिरहेका छन् र उनी आफ्नो बातचितलाई कठिन बताउँछन्।
यसमा प्रधानमन्त्रीले आफ्नो सहज प्रतिक्रिया दिँदै भन्छन्, मेरो पहिलो पडकास्ट हो र थाहा छैन, यो मानिसहरूलाई कस्तो लाग्नेछ।
राजनेता बन्न युवाहरूको योग्यताको प्रश्नमा प्रधानमन्त्रीले भने, राजनीतिमा निरन्तर राम्रा मानिसहरू आइरहनुपर्छ। राजनीतिमा युवाहरू महत्वाकांक्षा नभएर मिशन लिएर आउनुपर्छ। प्रधानमन्त्रीले याद दिलाए कि जब म गुजरातको मुख्यन्त्री थिए तब मैले एक भाषणमा भनेको थिए, गल्तीहरू हुन्छ र मैले पनि केही गल्तीहरू गर्नसक्छु। म पनि मान्छे छु देवता होइन।
कामथले सोधे, यस्तो लागिरहेको छ कि सारा विश्व युद्धतिर गइरहेको छ। के यसलाई लिएर हामी डराउनुपर्छ।
यसमा प्रधानमन्त्री मोदीले भने, यस संकटको समय हामीले लगातार भनेका छौं कि हामी तटस्थ होइनौं। म शान्तिको पक्षमा छु।
प्रधानमन्त्रीको रूपमा उनको दोस्रो कार्य़काल पहिलेको भन्दा कसरी अलग थियो भन्ने प्रश्नको जवाफमा उनले भऩे, म आफ्नो पहिलो कार्य़कालमा दिल्लीलाई बुझ्ने प्रयास गरिरहेको थिए।
हिन्दुस्थान समाचार / भवानी थामी