विराट कोहली, केएल राहुलले रणजी ट्रफीको दोस्रो चरणका म्याचहरूबाट आफ्नो नाम फिर्ता लिए
विराट कोहली, केएल राहुलले रणजी ट्रफीको दोस्रो चरणका म्याचहरूबाट आफ्नो नाम फिर्ता लिए


नयॉं दिल्ली, 18 जनवरी (हि.स.)। स्टार भारतीय क्रिकेटर विराट कोहली र केएल राहुलले भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) को मेडिकल टीमलाई चोटका कारण रणजी ट्रफी 2024-25 सीजनको दोस्रो चरणमा क्रमश: आफ्नो घरेलू टीम दिल्ली र कर्नाटकको निम्ति भाग लिन नसक्ने बताएका छन्।

ईएसपीएनक्रिकइन्फो अनुसार, कोहली घॉंटीको दुखाईले पीड़ित छन्। कोहलीले बीसीसीआईको मेडिकल स्टाफलाई 8 जनवरीमा इंजेक्शन लिएको, तरै पनि उनको घॉंटीको दुखाई ठीक भएन। यस कारण उनी आगामी स्पर्धाबाट बाहिर हुनु परिरहेको छ।

यसैगरी, केएल राहुल हातको समस्याले ग्रसित छन्, जस कारण बेङलुरूमा पंजाब विरुद्ध कर्नाटकको आगामी चरणको म्याचबाट बाहिर भएका छन्। देब्रे हातका विकेटकीपर ब्याट्सम्यानले आफ्नो अन्तिम रणजी म्याच 2020 मार्चमा कर्नाटकको निम्ति बंगाल विरुद्ध खेलेको थियो, जसम उनले सेमिफाइनलमा 26 र 0 रन बनाएका थिए। उक्त म्याचमा उनको टीम हारेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande