नयॉं दिल्ली, 19 जनवरी (हि.स.)। एक हप्तासम्म चलेको लामो म्याच, अप्रत्याशित जित र स्थानीय स्तरमा निराशाजनक प्रदर्शनपछि आइतवार इण्डिया ओपन फाइनल रोमाञ्चक रह्यो। विक्टर एक्सेलसन र एन से-यङले आइतवार यहॉं क्रमश: पुरुष र महिला वर्गको उपाधि जिते।
एक्सेलसनले गत वर्षका उपविजेता सिंगापुरका चेउक यिउ लीलाई 41 मिनटमा 21-16, 21-8 ले हराएर टुर्नामेन्टमा आफ्नो तेस्रो उपाधि जिते। यो जितसँगै उनले 10 वर्षमा छ फाइनल खेल्दै यहाँ सबैभन्दा धेरै उपाधि जित्ने मलेसियाली लिजेन्ड ली चोङ वेईको कीर्तिमान बराबरी गरेका छन्। एनले थाइल्याण्डकी पोर्नपावी चोचुवोङलाई 21-12, 21-9 ले हराएर 2023 पछि आफ्नो दोस्रो उपाधि जितेकी छन्।
यस अघि, एकसाथ आफ्नो तेस्रो इभेन्ट खेल खेलिरहेकी गैरवरीयता प्राप्त जापानी जोडी अरिसा इगाराशी र अयाको सकुरामोटोले दक्षिण कोरियाकी किम हिये-जियोङ र कोङ ही-योङलाई 21-15, 21-13 ले हराएर महिला युगल उपाधि जिते।
पुरुष वर्गमा मलेशियाका गोह से फी र नूर इजुद्दीनले निर्णायक म्याचमा दक्षिण कोरियाको किम वोन हो र सेओ सेउङ जेलाई 21-15, 13-21, 21-16 ले हराएर उपाधि जिते। चीनको दोस्रो वरीयता प्राप्त जोडी जियाङ जेन बेङ र वेई या शिनले मिश्रित युगलमा थम गिक्वेल र डेल्फिन डेलरूको फ्रान्सेली जोडीलाई 21-18, 21-17 ले हराए।
हिन्दुस्थान समाचार / भवानी थामी