अरूणाचलमा बीएसएफ अनि पुलिसले गऱ्यो 13,000 प्याकेट सिगरेट
अरूणाचलमा बीएसएफ अनि पुलिसले गऱ्यो 13,000 प्याकेट सिगरेट


अगरतला, 21 जनवरी (हि.स.)। त्रिपुरामा बीएसएफ औ पुलिसले 13,000 प्याकेट सिगरेट जफ्त गऱ्यो। बीएसएफले मंगलवार बतायो, बीएसएफ त्रिपुराका जवानहरूले त्रिपुरा पुलिस अनि कस्टम विभागसित मिलेर उदयपुरको श्रीनगर बोर्डर आउट पोस्ट (बीओपी) क्षेत्रमा एक सफल अभियान संचालन गरे।

यस अभियानमा 13,000 सिगरेटको प्याकेट जफ्त गरियो जसको मूल्य 25,05,000 रुपियाँ रहेको अनुमान लगाइएको छ। यी सिगरेटका प्याकेटहरूलाई बंगलादेशमा तस्करी गर्नको लागि पठाइँदैथ्यो। अधिकारीहरूले बताए, बीएसएफ अनि पुलिसको संयुक्त प्रयासबाट यो ठूलो कारबाही गरिएको हो जसबाट सीमा क्षेत्रमा तस्करीमाथि लगाम लगाउनमा सहयोग पुग्नेछ। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande