कोलकाता, 21 जनवरी (हि.स.)। मंगलवार बिहान जादवपुरमा सरकारी बसको लापरवाहीले एक परिवारको जीवन बर्बाद भएको छ। बिहान लगभग 7 बजे 8 बी बस स्ट्याण्ड नजिक भएको यस दुर्घटनामा स्कुटर सवार महिलाको मृत्यु भयो भने उनका पति गम्भीर रूपमा घाइते भए। चमत्कारिक रूपमा उनीहरूसित रहेकी चार वर्षय छोरी अंकिता सुरक्षित बचिन्।
प्रत्यक्षदर्शीहरू अनुसार एस 31 रूटको सरकारी बस द्रूत गतिमा आइरहेको थियो। बाघाजतिन निवासी प्रसदनजित मण्डलले आफ्नी पत्नी देबश्री अनि छोरी अंकितालाई लिएर स्कुटरमा ढाकुरिया गइरहेका थिए। उनीहरू 8 बी बस स्ट्याण्ड नजिक पुग्नसाथ बसले स्कुटीलाई सशक्त ठक्कर दियो जसले गर्दा स्कुटी तल झऱ्यो। देबश्रीको घटनास्थलमैै मृत्यु भयो भने प्रसनजितलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गराइएको छ।
घटनास्थलमा उपस्थित मानिसहरूले बताए, सरकारी बसहरूको द्रूत गति अब मानव जीवनको लागि खतरा बन्दै गइरहेको छ। स्थानीय मानिसहरूले आरोप लगाइरहेका छन्, प्राइभेट बसहर जस्तै अब सरकारी बसहरूले पनि नियमहरूलाई अदेखा गरिरहेका छन्।
पुलिसले बालिकालाई सुरक्षित बचाएर जादवपुर थानामा राखेको छ। परिवारलाई सूचना दिइएको छ। दुर्घटनापछि क्षेत्रमा ट्राफिक बाधित भयो जसलाई पुलिसले नियन्त्रण गऱ्यो। घातक बस चालक अनि कन्डक्टरलाई हिरासतमा लिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा