अभिनेता सैफ अली खानमाथि हमलामा निस्क्यो बंगाल कनेक्शन, मुम्बई पुलिसको खुलासा
अभिनेता सैफ अली खानमाथि हमलामा निस्क्यो बंगाल कनेक्शन, मुम्बई पुलिसको खुलासा


कोलकाता, 21 जनवरी (हि.स.)। फिल्म अभिनेता सैफ अली खानमाथि हमलाको बंगाल कनेक्शन अगाड़ी आएको छ। मुम्बई पुलिसले खुलासा गरेको छ कि आरोपी शरीफुल इस्लाम शहजाद बांग्लादेशी नागरिक हो। उसले भारत भित्रेपछि पश्चिम बंगालमा केही समय बितायो र त्यहीबाट आधार कार्ड बनाउने प्रय़ास गऱ्यो।

पुलिस अनुसार, लगभग सात महिना अगाड़ी आऱोपीले मेघालयमा भारत-बांग्लादेश सीमा स्थित डाउकी नदी नाघेर अवैध रूपमा भारत पस्यो। यसपछि उ पश्चिम बंगाल आय़ो, जहाँ उसले धेरै जिल्लाहरूमा काम खोज्यो। भारतीय दस्तावेज बनाउने प्रय़ास गऱ्यो।

जाँच अधिकारीहरू अनुसार, पश्चिम बंगालमा बस्दा शरीफुलले एक स्थानीय महिलाको नाममा एक भारतीय सिम कार्ड हासिल गऱ्यो र उसले पछि मुम्बईमा रहँदा आफ्ना परिजहनरूसित सम्पर्क गर्नमा यही सिमको प्रय़ोग गऱ्यो। मुम्बई पुलिसले पश्चिम बंगाल पुलिससित यो जानकारी साझा गरी सम्बन्धित महिलाको खोज गर्ने अनुरोध गरेको छ।

पुलिस अनुसार, मुम्बई पुग्दा शरीफुलले त्यहाँ काम खोज्नु शुरू गऱ्यो। उसले यस्ता स्थानहरूलाई प्राथमिकता दियो, जहाँ नागरिकताको प्रमाणको आवश्यकता नहोस्। यस अवधि उ मुम्बईमा ठेकेदार अमित पाण्डेको सम्पर्कमा आयो। पाण्डेले उसलाई धेरै ठाउँ काम दिलाउनमा मद्दत गऱ्यो। पुलिसको भनाई छ, सैफ अली खानको घरमा पस्न अगाड़ी उसलाई एक अन्य अभिनेताको बंगला नजिक घुम्दै गरेको देखिएको थियो।

पुलिसको सोधपुछमा शरीफुलले भऩ्यो, उसले परिवारसित सम्पर्क गऱ्यो। उसले आफ्नो भाईसित कुरा गऱ्यो। भाई बांग्लादेशमा बस्छ। उसले बांग्लादेशमा 12औंसम्म पढ़ेको छ र त्यसका दुई भाई छन्। मुम्बई पुलिसको एक टीमले पश्चिम बंगाल आएऱ मामिलाको जाँच गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande