पुलिस एनकाउण्टरमा मारिएकका सज्जक आलमका निकटवर्ती अब्दुल पक्राउ
पुलिस एनकाउण्टरमा मारिएकका सज्जक आलमका निकटवर्ती अब्दुल पक्राउ


कोलकाता, 21 जनवरी (हि.स.)। उत्तर दिनाजपुरमा पुलिसले गए सोमवार अबेर राती कुख्यात अपराधी तथा एनकाउण्टरमा मारिएका सज्जाक आलका निकटवर्ती अब्दुल हुसैन उपनाम अबाललाई पक्राउ गऱ्यो। अबालले जेलबाट भागेपछि बिहार अनि झारखण्डको बाटो भएर भाग्ने योजना बनाइरहेको थियो, तर गोयालपोखर फर्किनसाथ पुलिसले उसलाई करनदिघीको रसखोआ क्षेत्रबाट पक्राउ गऱ्यो।

पुलिस सूत्र अनुसार अब्दुललाई जाँचबुझको लागि करनदिघी थानामा लगियो। यो पक्राउ हालैमा भएको त्यस एनकाउण्टरपछि भएको छ ज समा सज्जाक आलमलाई मारिएको थियो। तथापि रायगञ्जका पुलिस अधीक्षक सना अख्तरले यस पक्राउलाई लिएर विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्। मंगलवार बिहान उनले यति मात्र भने, उनले पहिला अधिकारीहरूसित बातचित गर्नेछन्।

सज्जाकलाई पहिला नै पुलिसले एनकाउण्टरमा मारिसकेको छ, किनभने कोर्टबाट फर्किँदा उसले पुलिसकर्मीमाथि गोली चलाएको थियो जसमा दुईजना पुलिसकर्मीहरू घाइते भएका थिए। त्यसपछि सज्जाक भागेको थियो। पुलिस महानिदेशक राजीव कुमारले पहिला नै चेताउनी दिएका थिए, पुलिसमाथि एउटा गोली चलाउनेहरूमाथि हामी चारवटा गोली चलाउनेछौं। त्यसैको दोस्रो दिन उत्तर दिनाजपुरमा बंगलादेशको सीमा नजिक उसको एनकाउण्टर गरिएको थियो।

सज्जाक आलम र उसको गिरोहमाथि पुलिसले लामो समयदेखिकै नजर राख्दै आइरहेको थियो। यस गिरोहले पुलिस हिरासतबाट दुईजना बन्दीहरूलाई मुक्त गराउने जस्ता साहसिक अपराधलाई परिणाम दिएको थियो। अब्दुलको पक्राउबाट गिरोहको गतिविधि अनि यसको अन्तरराज्यीय नेटवर्कको खुलासा हुने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande