खरसाङ, 25 जनवरी (हि.स.)। तीनधारेको सत्र माइलका युवाहरुको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भइरहेको नगद राशि क्रिकेट टुर्नामेन्टमा आज दुईवटा खेल सम्पन्न भयो। पहिलो खेल घैयाबारी र चुनभट्टीमाझ सम्पन्न भएको थियो।
यस खेलमा घैयाबारीले टस जितेर पहिला ब्याटिङ गर्दै 11 ओभर 3 बलमा सबै विकेट गुमाएर 63 रन बनायो। 64 रनको लक्ष्यलाई खेदो गर्दै चुनभट्टीका सबै खेलाडीहरु 8 ओभर 4 बलमा केवल 35 रन बनाएर अलआउट भए। यस खेलमा घैयाबारीको अनित प्रधान म्यान अफ् द म्याच चयन भएका छन्।
आज दोस्रो खेल बीजेडी लिजेन्ड सिलगढी र बीडीओ खरसाङमाझ सम्पन्न भएको थियो। यस खेलमा सिलगढीले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 144 रन बनाएको थियो। जवाफमा बीडीओ खरसाङले सबै विकेट गुमाएर 97 रन मात्र बनाउन सक्यो। यस खेलमा बीजेडी लिजेन्ड सिलगढीबाट 82 रन बनाउने खेलाडी शुभंकर गुप्ता म्यान अफ् द म्याच चयन भएका छन्।
भोलि, शनिवार पनि दुईवटा खेल हुने बताइएको छ। पहिलो खेल सिविटार युनाइटेड र घैयाबारीमाझ अनि दोस्रो खेल कोपरा इलेभेन तीनधारे र मिरिकमाझ हुने जानकारी सचिन रिजालले गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक