खरसाङ, 27 जनवरी (हि.स.)। जीटीएको खेलकूद अनि युवा मामिला विभागको सहयोगमा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको चानमारी खेल मैदानमा भइरहेको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा दार्जिलिङ युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा दार्जिलिङ युनाइटेडले प्रतिद्वन्दी दल ब्राइट स्पोर्टिङ्ग क्लबलाई पराजित गऱ्यो।
यस खेलमा दार्जिलिङ युनाइटेड 4-0 को अन्तरले सजिलै बिजय बन्दै शहीद गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। दार्जिलिङ युनाइटेडको तर्फबाट जर्सी नम्बर 15 नोरज्याङ लेप्चाले ह्याट्रिक गरे। आजको खेलमा दार्जिलिङ युनाइटेडका नोरज्याङ लेप्चालाई म्यान अफ् द म्याच चयन गरियो।
भोलि, दुईवटा क्वार्टर फाइनल खेल हुनेछ। पहिलो खेल दार्जिलिङ पुलिस र केएफसी सिलगढीमाझ र अर्को खेल कन्काई नेपाल एफसी र गढवाल राईफलमाझ हुने जानकारी शहीद गोल्ड कपका संयोजक बिजय राईले गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक