पुञ्छको नियन्त्रण रेखामा घुसपैठको प्रयास विफल, दुई आतङ्कवादी मारिए
पुञ्छको नियन्त्रण रेखामा घुसपैठको प्रयास विफल, दुई आतङ्कवादी मारिए


पुञ्छ, 31 जनवरी (हि.स.)। जम्मू-कश्मीरको पुञ्छ जिल्लामा नियन्त्रण रेखा पारीबाट घुसपैठको प्रयासलाई विफल पार्दै सेनाले दुई हतियारधारी आतङ्कवादीलाई मारेको छ। सेनाले क्षेत्रमा जारी खोजी अभियानको क्रममा धेरै हतियारहरू बरामद गरेका छन्। अधिकारीहरूले शक्रवार उक्त जानकारी दिए।

अधिकारीहरूले भने, 'यो घटना बिहिवार पुञ्छ जिल्लाको खारी करमारा क्षेत्रमा भएको हो। आज बिहान अन्तिम रिपोर्ट प्राप्त हुॅंदासम्म त्यहॉं व्यापक स्तरमा खोजी अभियान जारी थियो।'

सेनाको जम्मूस्थित व्हाइट नाइट कोरले एक्समा एउटा पोस्टमा लेखेको छ, 'हिजो राति पुञ्छ सेक्टरमा नियन्त्रण रेखामा आतङ्कवादी गतिविधिबारे थाहा लाग्यो। सतर्क सैनिकहरूले घुसपैठ गरिरहेका आतङ्कवादीहरूमाथि तीव्रताका साथ कारबाही शुरू गरे, जसपछि भारी गोलीबारी शुरू भयो।'

उनले भने, 'रातभरि अभियान जारी रह्यो, जसको परिणामस्वरूप दुई आतङ्कवादी मारिएका छन्। क्षेत्रमा गरिएको खोजी अभियानमा धेरै हतियारहरू बरामद गरिएका छन्।'

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande