घैयाबारीमा भइरहेको फुटबल टुर्नामेन्टमा दुधे युनाइटेड विजयी
घैयाबारीमा भइरहेको फुटबल टुर्नामेन्टमा दुधे युनाइटेड विजयी


खरसाङ, 05 जनवरी (हि.स.)। खरसाङको घैयाबारीस्थित नेताजी हाई स्कूलको खेल मैदानमा घैयाबारी स्पोर्ट्स एसोसिएशनको आयोजनामा भइरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न भएको खेलमा दुधे युनाइटेड विजय बनेको छ। गत 12 दिसम्बरदेखि शुरु भएको टुर्नामेन्ट अन्तर्गत आज दोस्रो चरणको खेलमा महानदी पुल हाउस रिटर्न्स र दुधे युनाइटेडमाझ भिडन्त भयो।

यस खेलको पहिलो हाफमा दुधे युनाइटेडको खेलाडी जर्सी नम्बर 5 भाइचुङ राईले गोल गरेर बढत बनाएका थिए‌। पहिलो हाफको खेल 1-0 को अन्तरमा समाप्त भयो।‌ दोस्रो हाफको खेलमा पनि दुधे युनाइटेडको खेलाडी जर्सी नम्बर 5 भाइचुङ राईले गोल गरेर गोल अन्तर दोब्बर बनाएका थिए। अर्कोतिर, महानदीले कुनै गोल गर्न नसकेपछि दुधे युनाइटेड 2-0 गोलको अन्तरले सजिलै विजय बन्यो।

यस खेलमा म्यान अफम द म्याच विजेता दलका खेलाडी जर्सी नम्बर 5 भाइचुङ राई चयन भएका छन्। अब अर्को खेल आगामी 8 जनवरीमा सिविटार युनाइटेड र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न जानकारी घैयाबारी स्पोटर्स एसोसिएशनका सदस्य केवल राईले गराएका छन्‌‌। उनले यस टुर्नामेन्टको फाइनल खेल आगामी 26 जनवरीमा हुने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande