महाकुम्भमा हिन्दुस्थान समाचारको क्याम्प कार्यालयको उद्घाटन
महाकुम्भमा हिन्दुस्थान समाचारको क्याम्प कार्यालयको उद्घाटन


- हिन्दुस्थान समाचारले आज 15 भाषामा सेवा दिइरहेको छ: अरविन्द मार्डीकर

- हिन्दुस्थान समाचारको उपस्थिति र स्वीकार्यता सम्पूर्ण भारतमा: शंकराचार्य

प्रयागराज, 05 जनवरी (हि.स.)। महाकुम्भ मेलाको परेडमा आइतवार सॉंझ हिन्दुस्थान समाचार क्याम्प कार्यालयको भूमि पूजन एवं उद्घाटन पूर्ण विधि विधानसॅंग सम्पन्न भयो। यस अवसरमा हिन्दुस्थान समाचार समूहका राष्ट्रिय अध्यक्ष अरविन्द भालचन्द मार्डीकरले यो न्यूज एजेन्सीको स्थापना 1948 मा भएको तथा पहिले 12 भाषामा र आज कुल 15 भाषामा समाचार सेवा प्रदान गरिरहेको जानकारी गराए।

भूमि पूजनपछि अध्यक्षले सबैलाई बधाई एवं शुभकामना दिए। उनले भने, तीर्थराज प्रयाग आएर शंकराचार्यको उपस्थितिमा एक सुन्दर पारिवारिक कार्यक्रम सम्पन्न भयो, जुन हाम्रो निम्ति ठूलो सौभाग्यको कुरा हो। उनले अझ भने, 15 नोभेम्बरदेखि मलयालम, 12 दिसम्बरदेखि तमिल र 25 दिसम्बरदेखि देववाणी संस्कृत भाषा जोडिएका छन्। हाम्रा प्रतिनिधिहरूले यहॉंबाट पल-पलको खबर दिइरहने छन्। हाम्रा उपभोक्ताहरूले खबर पाउने नै छन्, साथै महाकुम्भको खबर देशभरि प्रचारित र प्रसारित भइरहनेछ। हिन्दुस्थान समाचारले टीम पूर्ण मनोयोगले आफ्नो दायित्व निर्वहन गर्नेछन् भनी उनले आशा व्यक्त गरे।

गोवर्धन मठ पीठाधीश्वर जगद्गुरू शंकराचार्य स्वामी अधोक्षजानन्द देवतीर्थ महाराजले भने, हिन्दुस्थान समाचार बहुभाषी न्यूज एजेन्सीको उपस्थिति एवं स्वीकार्यता भारतको कुना-कुना र साना राज्यहरूमा पनि एजेन्सीको सेवा सबैलाई स्वीकार्य छ। जनसाधारणका भावनाहरू बुझेर त्यसलाई प्रचार प्रसार गरिरहेको छ।

उनले अघि भने, अखण्ड भारतका देशहरूमा मैले भ्रमण गरे, त्यहॉं पनि यसको सेवा धेरै ठाउॅंहरूमा पाए। अब कुम्भमा सबैभन्दा ठूलो समागम भइरहेको छ, जुन 13 जनवरीदेखि 26 फरवरीसम्म चल्नेछ। यसमा संसारभरिबाट सनतनीहरू आउनेछन् र विभिन्न प्रकारको वैदिक, सनातन, संन्त समागम हुनेछ। हिन्दुस्थान समाचारको यहॉं शुभारम्भ भइरहेको छ। यस एजेन्सीका पत्रकारहरूले यहॉंका साधू-सन्त, धर्म गुरुहरूका विचारहरू संसारभरि पुऱ्याउने छन्।

विशिष्ट अतिथि राज्य सूचना आयुक्त पीएन द्विवेदीले भने, म हिन्दुस्थान समाचारको अंग रहेको छु र आज पनि आफुलाई सदस्य मान्छु। हिन्दुस्थान समाचार समूहका अध्यक्ष अरविन्द भालचन्द मार्डीकरले भने, यो एजेन्सी पहिला 12 भाषामा थियो र अब संस्कृत, तमिल र मलयालमलाई मिलाएर 15 भाषा भएको छ।

उनले कुम्भबारे भने, समुद्र मन्थन त सबैलाई थाहा छ। जसमा अमृत कलश निक्लिएको थियो। त्यो अमृत कलश तीर्थराज प्रयाग, हरिद्वार, उज्जैन र नासिकमा छल्केको थियो। जहॉं हरेक छ वर्षमा कुम्भ मनाइन्छ। अहिले प्रयागमा बिना आमन्त्रण संसारभरिबाट श्रद्धालुहरूले डूब्की लगाउॅंछन् र जान्छन्। यस्तो छ हाम्रो तीर्थराज प्रयागको महिमा।

यस अवसरमा आरएसएसको क्षेत्र प्रचार प्रमुख सुभाष, सुप्रसिद्ध गायक मनोज कुमार गुप्ता, डा. विवेक निगम, न्यूज एजेन्सीका राष्ट्रिय समन्वयक राजेश तिवारी, शिव गोपाल, रीतेश, डा. रणजीत सहित अन्यहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande