त्यो दिन अब टाड़ा छैन जब देशमा बुलेट ट्रेन दौड़िनेछ- प्रधानमन्त्री
pm modi


नयाँ दिल्ली, 06 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज देश विकसित भारतको संकल्पसिद्धीमा जुटेको बताउॅंदै यसमा भारतीय रेलवेको विकास अहम रहेकाे बताएका छन्। पछिल्लो एक दशक भारतीय रेलवेको ऐतिहासिक परिवर्तनहरूको रह्यो। अब त्यो दिन टाडा छैन जब छिट्टै नै देशमा बुलेट ट्रेन दौड़िनेछ, उनले भने।

प्रधानमन्त्री मोदीले सोमवार भीडियो कन्फ्रेन्सिङको माध्यमले नयाँ जम्मू रेलवे मण्डल र तेलङ्गानामा चरलापल्ली स्थित नयाँ टर्मिनल स्टेशनको उद्घाटन तथा ईस्ट कोस्ट रेलवेको रायगढ़ा रेलवे मण्डल भवनको शिलान्यास गरेपछि सम्बोधित गरिरहेका थिए। प्रधानमन्त्रीले भऩे, पछिल्लो एक दशक भारतीय रेलवेको ऐतिहासिक परिवर्तनहरूको रहेको छ। रेलवे इन्फ्रास्ट्रक्चरमा एक ठूलो बदलाव आएको छ। आज देश विकसित भारतको संकल्पसिद्धीमा जुटेको छ र यसमा भारतीय रेलवेको विकास अहम छ। यसबाट देशको छवि बद्लेको छ र देशवासीहरूको मनोबल पनि। भारतमा रेलवेको विकासलाई हामी चार प्यारामीटरमा अगाडी बढ़ाईरहेका छौं। पहिलो- रेलवेको इन्फ्रास्ट्र्कचरको आधुनिकीकरण, रेलवेका यात्रीहरूलाई आधुनिक सुविधाहरू, रेलवेको देशका कुना-कुनामा कनेक्टिविटी र रेलवेबाट रोजगारको निर्माण, उद्योगहरूलाई सपोर्ट। आजको यस कार्य़क्रममा पनि यही विजनको झलक देखा परिरहेको छ।

उनले भने, 2-3 दिन अगाड़ी उनले एउटा भीडियो देखे, जसमा वन्दे भारत ट्रेनको नयाँ स्लीपर वर्जन ट्रायलको रूपमा 180 किलोमीटर प्रति घण्डाको गतिले कुदिरहेको थियो। यो देखेर सबै देशवासीहरूलाई राम्रो लागिरहेको छ। यो त केवल शुरूआत हो र त्यो दिन टाढ़ा छैन जब देशमा पहिलो बुलेट ट्रेन दौड़िनेछ। उनले भने, गत 10 वर्षमा रेल कनेक्टिविटीको पनि अद्भुत विस्तार भएको छ। वर्ष 2014 सम्म देशमा केवल 35 प्रतिशत रेल लाइनहरूको विद्युतीकरण भएको थियो। आज भारत, रेल लाइनहरूको शत-प्रतिशत विद्युतीकरणको नजिक छ। यस बाहेक हामीले रेलवेको पहुँचलाई पनि लगातार विस्तार गरेका छौं।

उल्लेख्य, प्रधानमन्त्री मोदीले भीडियो कन्फ्रेन्सिङको माध्यमले नयाँ जम्मू रेलवे मण्डल र तेलङ्गानामा चरलापल्ली स्थित नयाँ टर्मिनल स्टेशनको उद्घाटन तथा ईस्ट कोस्ट रेलवेको रायगढ़ा रेलवे मण्डल भवनको शिलान्यास गरेका छऩ्। नयाँ बनेको जम्मू रेल डिवीजनमा 742.1 किलोमीटर रेल संचालित भइरहेको छ। जसमा पठानकोट-जम्मू-उधमपुर-श्रीनगर-बारामूला (423 किलोमीटर मार्ग), बटाला (छोड़ेर)-पठानकोट (68.17 किमी), भोगपुर -सिरवाल-पठानकोट (87.21 किमी) र पठानकोट-जोगिन्दर नगर (छोटी लाइन, 163.72 किमी) सामेल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande