पाकिस्तानको कुर्रम हिंसामा सामेल दुई आतङ्कवादी पक्राउ
पाकिस्तानको कुर्रम हिंसामा सामेल दुई आतङ्कवादी पक्राउ


इस्लामाबाद, 06 जनवरी (हि.स.)। पाकिस्तानको सर्वाधिक अशान्त प्रान्त खैबर पख्तूनख्वाको कुर्रममा संघर्ष विरामलाई तोड्दै हिंसा गर्ने सशस्त्र आक्रमणकारीहरू मध्ये दुई जनालाई पक्राउ गरिएको छ। प्रान्त सरकारले आक्रमणकारीहरू मध्ये पॉंच जनाको पहिचान गरिएको बताएको छ। हिंसामा कुर्रमका उपायुक्त जावेदुल्ला महसूदलाई गोली लागेर घाइते भएको थियो।

एआरवाई न्यूज अनुसार, कुर्रममा खोजी अभियान अवधि आतङ्कवादीहरूलाई पक्राउ गरिएको पुलिस अधिकारीहरूले बताएका छन्। यस अघि खैबर पख्तूनख्वाका अतिरिक्त मुख्य सचिवले कुर्रम जिल्लामा दुई महिनाको निम्ति धारा 144 लागू गर्ने अधिसूचना जारी गरेको छ। क्षेत्रमा शान्ति सम्झौतालाई बाधित गर्ने आतङ्कवादीहरूका प्रयासप्रति चिन्तालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको हो।

प्रान्त सरकारले उपायुक्तमाथि हमलाका जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कारबाहीको निर्णय लिएको छ। सरकारले यसलाई जिल्लामा प्रतिद्वन्दी जनजातिहरूबीच हालैमा हस्ताक्षरित शान्ति सम्झौताको उल्लंघन ठहर गरेको छ। मुख्यमन्त्री अली अमीन गंडापुरले आक्रमणकारीहरू विरुद्ध कडा कारबाही गर्ने बताएका छन्। यस आक्रमणमा उपायुक्तका साथै सातजना घाइते भएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande