काठमाण्डौं, 07 जनवरी (हि.स.)। तिब्बत र नेपालको ठूलो हिस्सामा मंगलवार बिहान आएको भूकम्पले तिब्बतमा भारी नोकसान गरेको छ। 7.1 तीव्रताको भूकम्पमा 50 भऩ्दा धेरैको ज्यान गएको छ जबकि भारी संख्यामा मानिसहरू घाइते भएका छऩ्। भूकम्प प्रभावित क्षेत्रका अधिकतर भवनहरूलाई नोकसान पुगेको छ र केही भवनहरू ध्वस्त पनि भएका छन्।
आज बिहान तिब्बतको शिगात्सेलाई केन्द्रबिन्दू बनाउँदै आएको 7.1 तीव्रताको भूकम्पको चपेटमा परेर अहिलेसम्म 53 जनाको मृत्यु भएको जानकारी दिइएको छ। चीनको सरकारी मीडिया सिन्हुआ अनुसार, भूकम्पको चपेटमा परेर बिहान 11 बजीसम्म मर्नेहरूको संख्या 53 पुगेको छ जबकि 63 जना घाइतेहरूलाई अस्पताल पुऱ्याइएको छ। मर्नेहरूको संख्या लगातार बढ़िरहेको छ। एक घण्टा अघिमात्र मर्नेहरूको आंकड़ा 36 बताइएको थियो जुन एक घण्टामै बढ़ेर 53 पुग्यो। जतिको भारी संख्यामा मानिसहरू घाइते भएका छन्, त्यसबाट मर्नेहरूको संख्या बढ्ने सम्भावना छ।
चीनको सरकारी टीवी च्यानल सीजीटीएनको तर्फबाट जुन दृश्य देखाइँदैछ, त्यसबाट तिब्बतको शिगात्से क्षेत्रमा ठूलो नोकसान भएको अन्दाजा लगाइँदैछ। भारी संख्यामा घर र बिल्डिङ क्षतिग्रस्त भएका छऩ्।
नेपाल-चीन सीमा स्थित शिगात्सेमा आज बिहान आएको भूकम्पको असर तिब्बतको दक्षिणी क्षेत्र बाहेक नेपाल, भारत, भोटान र बांग्लादेशसम्म महसूस गरिएको थियो। यद्यपि, नेपालमा यस भूकम्पले कुनै प्रकारको पनि नोकसानको खबर आएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी