गान्तोक, 09 जनवरी (हि.स.)। 10औँ अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप प्रतियोगिताको पहिलो खेल आजदेखि फुटबल रंगशाला जोरथाङमा शुरू भएको छ। नाम्ची जिल्ला फुटबल संघले खेलकुद तथा युवा मामिला विभाग र माघे संक्रान्ति मेला आयोजक समितिको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको हो।
कार्यक्रममा खेलकुद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेत प्रमुख अतिथिका रुपमा रहेका थिए। आजको पहिलो खेल एएसयुएफआई एफए मणिपुर र सिङलिङ स्पोर्टिङ क्लबबीच सम्पन्न भएको थियो, जसमा सिङलिङ स्पोर्टिङ क्लबले पेनल्टी सुटआउटमा प्रतिद्वन्द्वी दललाई पाँच गोल गर्दै विजयी बन्यो।
यसअघि मन्त्रीले प्रतियोगिताको विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेका थिए। खेल अवधि विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो।
हिन्दुस्थान समाचार / प्रदीप