हरिद्वार, 1 अक्टोबर (हि.स.)। शारदीय नवरात्रिको नवमी तिथिमा पतञ्जलीका महामन्त्री आचार्य बालकृष्णले परम्परागत ढंगमा कन्या पूजन गरे। कन्या पूजनपूर्व उनले हवन-पूजन गरे।
पूजनपछि कन्याहरूलाई प्रसादस्वरूप भोजन, वस्त्र तथा उपहार भेंट गरियो। यस अवसरमा आचार्य बालकृष्णले भने, कन्या पूजन भारतीय संस्कृति तथा समातनको आत्मा हो। यसमा माँ दुर्गाको नौ रूपहरूको प्रतीकस्वरूप कन्याहरूलाी सम्मान गरी उनीहरूबाट आशीर्वाद लिइन्छ। यो परम्पराले समाजलाई नारी शक्तिको सम्मान तथा पूजन गर्ने प्रेरणा दिन्छ।
उनले भने, कन्या पूजनबाट अद्भुत शक्ति पाइन्छ। आचार्य श्रीले भने, हामीले नौजना कन्याहरूको पूजा गर्दा वास्तवमै हामीलाई शक्ति, विद्या, करुणा, समृद्धि, स्वास्थ्य, साहस, विजय औ धर्मको आराधना गर्दछौं। समाजमा नारीको सम्मान सर्वोच्च हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा