पोषण माह समारोह: मङ्गनमा विशेष कार्यक्रम आयोजित
पोषण माह समारोह: मङ्गनमा विशेष कार्यक्रम आयोजित


मङ्गन, 01 अक्टोबर (हि.स.)। पोषण माह 2025 समारोहको एक भागको रूपमा मंगलवार मङ्गन बजार आंगनवाडी केन्द्रमा एक विशेष कार्यक्रम आयोजन गरियो। यस वर्षको थीम 'मेन स्ट्रिमिङ फर् न्यूट्रीशन' माथि आयोजित उक्त कार्यक्रमको उद्देश्य आमा र बाल पोषणमा पुरुषको सक्रिय संलग्नतालाई प्रोत्साहित गर्नु रहेको थियो।

कार्यक्रममा पार्षद छिरिङ डोमा मुख्य अतिथि थिए। उनले आफ्नो सम्बोधनमा घरमा पोषण सम्बन्धी निर्णयहरूमा पुरुषहरूलाई संलग्न गराउनुको महत्त्वमा जोड दिइन् र कार्यक्रममा उनीहरूको सक्रिय संलग्नताको प्रशंसा गरिन्। उनले पोषण एक साझा जिम्मेवारी हो र दिगो स्वास्थ्य परिणामहरूको लागि यस्तो संलग्नता महत्त्वपूर्ण छ भनी बताइन्।

कार्यक्रममा सीडीपीओ सोनाम ल्हादेन लाचुङ्पाले स्तनपान, छ महिनामा पूरक आहारको परिचय, सही उमेर, सुरक्षा, बालबच्चाहरूकालाई पोषणयुक्त भोजन, परिवारको भूमिका आदि विषयहरूमाथि प्रकाश पारेकी थिइन्।

यस अवसरमा छ महिनाको शिशुलाई पोषणयुक्त पूरक भोजन कसरी तयार पार्न सकिन्छ भनेर देखाइएको थियो। यस कार्यमा पुरुष सहभागीहरूले पनि सक्रिय रूपमा भाग लिएका थिए। यस अवसरमा एक ऱ्याली पनि आयोजना गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande