तीन दिवसीय राज्यस्तरीय ब्याडमिन्टन प्रतियोगिताको समापन
Badminton championship


सोरेङ, 15 अक्टूबर (हि.स.)। खेलकुद र एकताको भावना मनाउॅंदै भन्ने थीमका साथ राज्य स्थापना स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएको तीन दिवसीय राज्यस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सोरेङको जौउटार जिम्नेजियम इनडोर हलमा सम्पन्न भयो। कार्यक्रमा प्रमुख अतिथि मत्स्य बोर्डकी अध्यक्ष अनुराधा गुरुङ थिइन्।

आफ्नो सम्बोधनमा मुख्य अतिथि गुरुङले खेलकुद तथा युवा मामिला विभाग, सोरङ जिल्लालाई सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै खेलकुदले शारीरिक क्षमता मात्र होइन, मानसिक स्वास्थ्य सुदृढ पार्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले जित वा हारभन्दा पनि सहभागिता नै खेलको वास्तविक भावना भएको उल्लेख गर्दै सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङप्रति युवाहरूलाई अवसर र मञ्च प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरिन्। साथै, खेलकुद क्षेत्रको प्रोत्साहनका लागि उनको निरन्तर समर्थनको पनि उनके प्रशंसा गरिन्।

प्रतियोगितामा ६ वटै जिल्लाबाट ५२ जना खेलाडीहरू ३० जना केटा र २२ जना केटीहरूले अण्डर–१४ देखि अण्डर–१६ वर्गसम्म प्रतिस्पर्धा गरेका थिए। फाइनल खेलहरू केटा वर्गमा नाम्ची जिल्ला बनाम पाकिम जिल्ला र केटी वर्गमा नाम्ची जिल्ला बनाम सोरेङ जिल्लाबीच सम्पन्न भयो।

टिम च्याम्पियनसिप विजेताहरू केटा वर्गमा नाम्ची जिल्ला र केटी वर्ग नाम्ची जिल्ला भए। यसैगरी, सर्वाधिक होनहार खेलाडी केटा वर्गमा अभय दर्जी (पाकिम जिल्ला) र केटी वर्गमा आकृति अधिकारी (नाम्ची जिल्ला) भए।

कार्यक्रममा सोरेङ जिल्ला ओलम्पिक संघका अध्यक्ष लोब्साङ तामाङ, सोरेङ ब्याडमिन्टन संघका अध्यक्ष अ म्बर गुरुङ, संयुक्त निर्देशक (डीएचएच) निर्मला छेत्री, डीपीओ जिल्ला कुमार सुब्बा, वरिष्ठ कल्याण अधिकृत प्रतिभा तामाङ, सहायक निर्देशक (शिक्षा) लछी माया तामाङ, सहायक निर्देशक (राजस्व) सबिना सुब्बा आदि पनि उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande