नारायणगढ़ विधानसभामा पहिलो विजया सम्मेलन, भाजपाद्वारा एकजुटता प्रदर्शित
नारायणगढ़ विधानसभामा पहिलो विजया सम्मेलन, भाजपाद्वारा एकजुटता प्रदर्शित


पश्चिम मेदिनीपुर, 16 अक्टोबर (हि.स.)। नारायणगढ़ विधानसभाको अडिटोरियममा गए बुधवार साँझ मेदिनीपुर संगठनात्मक जिल्लाको पहिलो विजया सम्मेलन आयोजना गरियो जसमा विधानसभाका नयाँ तथा पुराना सबै स्तरका कार्यकर्ताहरू सामेल भए। यो सम्मेलन भाजपाको लागि राजनीतिक रूपमा विशेष अर्थ राख्दछ,किनभने विगत लामो समयपछि नारायणगढ़ ब्लकमा पार्टीले एकजुट तथा संगठित मुहारलाई पेश गऱ्यो।

सम्मेलनका मुख्य आयोजक औ मार्गदर्शक भाजपाका चार जना वरिष्ठ नेताहरू क्रमैले अनिमेष पहाड़ी, कृष्ण प्रसाद राय, श्यामलाल घोष औ शुभाशिष महापात्र थिए। उनीहरूकै मार्गदर्शनमा मुख्य आयोजकहरूले आयोनलाई सफल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गऱ्यो। मुख्य आयोजकहरूमा क्रमैले गौरी शंकर अधिकारी, रमाप्रसाद गिरी, चन्दन बोस औ देवाशीष मायती सामेल छन्।

सम्मेलनमा उपस्थित कार्यकर्ताहरूले भने, यसप्रकारको आयोजनबाट पार्टीभित्र नयाँ ऊर्जा संचार हुन्छ र संगठनात्मक सुदृढ़्ता देख्न पाइन्छ। उनीहरूले बताए, विगत लामो समयदेखि नै नारायणगढ़् ब्लकमा भाजपा कार्यकर्ताहरू विच्छिन्नता एवं संगठनको दुर्बलता जस्ता समस्याहरूसित जुझ्दै आइरहेका थिए, तर यस सम्मेलनले सबैलाई एकजुट बनाएको छ।

वरिष्ठ भाजपा कार्यकर्ताहरूले भने, यो सम्मेलनले स्थानीय राजनीतिमा महत्वपूर्ण परिवर्तन ल्याउनसक्छ। तृणमूल कंग्रेसको लागि पनि यो चिन्ताको विषय बन्नसक्छ, किनभने अब भाजपाले ब्लक स्तरमा आफ्नो एकजुटता तथा संगठनात्मक शक्ति देखाएको छ।

पार्टी सूत्र अनुसार भविष्यमा यस्तो आयोजन नियमित रूपमा गरिनेछ ताकि चुनावी तयारी र संगठनात्मक मजबुतीलाई कायम राख्न सकियोस्। यस अतिरिक्त कार्यकर्ताहरूलाई आगामी चुनावी एवं स्थानीय कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्नको लागि प्रोत्साहित गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande