दाँतनको पोरलदामा अबेर राति छापामारी, अवैध मदिरा राखेको आरोपमा व्यक्ति पक्राउ
दाँतनको पोरलदामा अबेर राति छापामारी, अवैध मदिरा राखेको आरोपमा व्यक्ति पक्राउ


पश्चिम मेदिनीपुर, 16 अक्टोबर (हि.स.)। दाँतन दुई नम्बर ब्लकको पोरलदा क्षेत्रमा गए बुधवार राति पुलिसले छापा मारेर एक जना व्यक्तिलाई अवैध विदेशी मदिरा राखेको आरोपमा पक्राउ गऱ्यो।

सूत्र अनुसार गुप्त सूचनाको आधारमा बेलदा थाना अन्तर्गत जोरागेड़िया फाँड़ीको पुलिसले अबेर राति एक स्टेशनरी पसलमा छापा माऱ्यो। जाँच गर्ने क्रममा पुलिसले त्हाँबाट प्रचुर मात्रामा विदेशी रक्सी फेला पाऱ्यो।

पुलिसले बतायो, पसल मालिकले अवैध रूपमा मदिरा बेच्ने काम गर्दै आएको थियो। आरोपीलाई पक्राउ गरी बिहीवार दाँतन अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande