खड़गपुर, 16 अक्टोबर (हि.स.)। जमशेदपुरका सांसद विद्युत वरण महतोले बुधवार खड़गपुर मण्डलका मण्डल रेल प्रबन्धक (डीआरएम) ललित मोहन पाण्डेयसित उनको कक्षमा सौजन्य भेट गरे। यस भेटमा सांसदले आफ्नो संसदीय क्षेत्रसित सम्बन्धित विभिन्न रेलवे विकास कार्य तथा यात्री सुविधाहरूसित जोड़िएका मुद्दाहरूमाथि विस्तारपूर्वक चर्चा गरे।
रेलवे अधिकारीहरूले बताए, बैठकमा स्टेशनका आधारभूत संरचनाको विकास, यात्रीहरूको सुविधामा सुधार, रेल सेवाहरूको संचालन, स्वच्छता अभियान तथा प्रगति भइरहेका परियोजनाहरूमाथि विशेष रूपमा विचार-विमर्श गरियो। सांसद महतोले रेल सेवाहरूको उत्कृष्ट क्रियान्वयन तथा यात्रीहरूको सुविधालाई प्राथमिकता दिने आवश्यकतामाथि बल दिए।
डीआरएम ललित मोहन पाण्डेयले सांसदद्वारा रेलवे सेवाहरूको प्रगतिमा देखाइएका सक्रिय रूचि तथा सहयोगात्मक दृष्टिकोणको सारहना गरे।उनले आश्वासन दिए, मण्डल प्रशासनको पक्षबाट रेलवे सेवाहरूमा सुधार एवं विकासात्मक परियोजनाहरूको सफल क्रियान्वनको लागि पूर्ण सहयोग प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा