आरपीएफ खड़गपुरको तत्काल कारबाही, यात्रीहरूको सुरक्षामाथि जोड़
आरपीएफ खड़गपुरको तत्काल कारबाही, यात्रीहरूको सुरक्षामाथि जोड़


खड़गपुर, 16 अक्टोबर (हि.स.)। रेल यात्रीहरूको सुरक्षा एवं सुविधालाई प्राथमिकता दिँदै खड़गपुर रेल मण्डलको रेलवे सुरक्षा बल (आरपीएफ)-ले हालका दिनहरूमा उल्लेखनीय काम गरेको छ। “अपरेशन सुरक्षा”, “अपरेशन अमानत” औ “अपरेशन सतर्क” अन्तर्गत आरपीएफले यात्रीहरूको हराएको सामान जफत गर्नदेखि लिएर चोरीको मामिलामा अपराधीहरूको पक्राउसम्म तत्काल कदम उठाउँदै आएको छ।

रेलवे अधिकारीहरूद्वारा दिइएको जानकारी मुताविक गत 14 अक्टोबरमा ट्रेन संख्या 12834 (हावड़ा–अहमदाबाद एक्सप्रेस)-मा मोबाइल चोरीको सिकायत दर्ता भएपछि आरपीएफ/पोस्ट/खड़गपुरको टीमले तत्काल छापा मारेर संदिग्धलाई प्लेटफर्म नम्बर-4 बाट पक्राउ गऱ्यो। चोरबाट 20 हजार रुपियाँको भीभो फोन जफत गरियो। आरोपीलाई जीआरपी खड़गपुरमा सुम्पिइयो जहाँ उमाथि मामिला दर्ता भयो।

यसै दिन “अपरेशन अमानत” अन्तर्गत आरपीएफ/शालीमारले ट्रेन संख्या 12882-बाट 35,000 रुपियाँको एचपी ल्यापटप जफत गरी त्यसको वास्तविक मालिकलाई सुम्पिदियो। यस अतिरिक्त गत 13 अक्टोबरमा रुपसा रेलवे स्टेशनमा गस्ती गरिरहेको समय दुईजना संदिग्ध व्यक्तिहरूलाई एउटा ग्यास सिलेण्डर, 6 हजार रुपियाँ नगदसितै पक्राउ गरियो। जाँचबुझमा दुवैले चोरेको कुरा स्वीकार गरे। पछि दुवैलाई स्थानीय पुलिस थाना/रुपसालाई सुम्पिइयो। ।

त्यसै क्रममा हिजली स्टेशनमा पनि “अपरेशन अमानत” अन्तर्गत ट्रेन संख्या 18044 -बाट 30,000 रुपियाँको खेल सामग्री (ब्याडमिन्टन किट र ऱ्याकेट) जफत गरी सम्बन्धित यात्रीलाई सुम्पिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande