गान्तोक, 16 अक्टबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज मङ्गन जिल्ला प्रशसनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए। बैठकको उद्देश्य जिल्लामा चलिरहेका राज्य र केन्द्र प्रायोजित योजनाहरू र कार्यक्रमहरूको प्रगतिको मूल्याङ्गन गर्नु रहेको राजभवनले जानकारी गराएका थियो।
बैठकमा सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चा, एसएमपीबी अध्यक्ष सोनाम ग्याछो लाचेनपा, जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री बीआरओका कमाण्डर कर्नल बन्नाहाटी करन सिंह तथा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।
बैठकमा जिल्लापाल जैनले जिल्लाको समग्र स्थितिमाथि एक विस्तृत प्रस्तुति दिए। यसपछि, बीआरओले सड़क निर्माणको प्रगतिमाथि जानकारी दियो। राज्यपालले क्षेत्रको सड़क स्थितिमाथि चिन्ता व्यक्त गर्दै निर्माण कार्यहरूको बारेमा जानकारी प्राप्त गरे। उनले बीआरओको कार्यको सराहना पनि गरे।
राज्यपालले जिल्ला अन्तर्गत 42 भाइब्रेन्ट भिलेजमा चलिरहेका विकास योजनाहरूमाथि विशेष जोड दिए। उनले प्रत्येक गाउॅंमा प्रस्तावित परियोजनाहरूको स्थितिको समीक्षा गरे र प्राकृतिक आपदाहरूको सुचारू प्रबन्धनको लागि बनाइएको 'एक्स-ग्रेशिया पोर्टल' को सराहना गरे, जसमार्फत स्थानीय नागरिकहरूले सहायता प्राप्त गरिरहेका छन्।
राज्यपालले पीएम श्री स्कूलहरूको संख्या, एनसीसीको स्थिति, खेलकुद गतिविधिहरू र राष्ट्रिय आविष्कार अभियान अन्तर्गत नानीहरूलाई केन्द्रिय कृषि विश्वविद्यालयको एक्सपोजर टूरमा पठाउन सुझाउ दिए। उनले जिल्लामा टीबी उन्मूलन अभियानको प्रगति, आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत कार्ड धारकहरूको संख्या र लाभार्थीहरूको स्थितिको बारेमा पनि जानकारी लिए।
राज्यपालले मानसिक स्वास्थ्यसॅंग सम्बन्धित समस्याहरूमाथि गहिरो चिन्ता व्यक्त गरे। उनले विभागीय अधिकारीहरूलाई यस समस्याको समाधानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता बताए। उनले सहकारिता, पशुपालन विभाग आदि विभागहरूसॅंग सम्बन्धित योजनाहरूको बारेमा पनि छलफल गरेका थिए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा 2014 पछि देशमा अभूतपूर्व विकास भएको बताए। उनले पूर्वोत्तर क्षेत्र देशको मुख्यधारामा जोडिएर एक सशक्त विकास मडल बनेको बताउॅंदै यसमा सिक्किमको भूमिका महत्वपूर्ण रहेको बताए।
मन्त्री लेप्चाले राज्यपालको मङ्गन जिल्ला भ्रमणको लागि आभार व्यक्त गरे। यसैगरी, उनले राज्यपालद्वारा चुङथाङ उपखण्डलाई काख लिएकोमा पनि उनीप्रति धन्यवाद प्रकट गरे।
हिन्दुस्थान समाचार / बिशाल