बंगाल विधानसभा चुनाउ-2026ः केन्द्रिय तथा राज्य बलहरूको जिम्मेवारी तय गर्नेछ चुनाउ आयोगले
बंगाल विधानसभा चुनाउ-2026ः केन्द्रिय तथा राज्य बलहरूको जिम्मेवारी तय गर्नेछ चुनाउ आयोगले


कोलकाता, 17 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026-मा सम्पन्न हुने विधानसभा चुनाउलाई लिएर चुनाउ आयोगले सुरक्षा व्यवस्थाको तयारी समयभन्दा अगावै शुरू गरेको छ। आयोगले वर्षको अन्तसम्ममा केन्द्रिय तथा राज्य स्तरका विभिन्न सुरक्षा एवं गुप्तचर एजेन्सीहरूको भूमिका स्पष्ट पारिदिनेछ।

मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालय, पश्चिम बंगालले अहिलेसम्ममा केन्द्रिय एवं राज्य एजेन्सीहरूलाई 22 वटा पत्र पठाएर उनीहरूसित आगामी 30 अक्टोबरसम्ममा ती अधिकारीहरूको नाम मागेको छ जसलाई चुनावी प्रक्रियामा नोडल अधिकारीको रूपमा तैनाथ गरिनेछ।

सूत्र अनुसार यी एजेन्सीहरूको नाम प्राप्त हुनसाथ राज्यका मुख्य निर्वाचन अधिकारी मनोज अग्रवालले आगामी महिना यी नोडल अधिकारीहरूसित बैठक गर्नेछन्। बैठकमा आयोगले प्रत्येक एजेन्सीको भूमिका र जिम्मेवारी तय गर्नेछ।

आम रूपमा यो प्रक्रिया चुनाउको घोषणा तथा आचार संहिता लागू भएपछि नै शुरू गरिन्छ, तर बंगाल चुनाउको संवेदनशीलतालाई मध्यनजर गर्दै यसपालि चुनाउ आयोगले पहिला नै यसलाई शुरू गरेको छ। सीईओ कार्यालयको सूत्रको भनाइ छ, राज्यका केही संवेदनशील क्षेत्रहरू विशेष गरी अन्तर्राष्ट्रिय सीमा संलग्न क्षेत्रहरूमा चुनाउपूर्व सुरक्षालाई लिएर आयोग विशेष सतर्क छ।

यसको साथै चुनाउ आयोगले यसपालि प्रचार अभियानहरूमा राजनीतिक दलहरू तथा उम्मेद्वारहरूको खर्चमाथि पनि कड़ा निगरानी राख्नेछ। आयोगले नगद तथा मदिरा जस्तो वस्तुहरू वितरण गरेर मतदाताहरूलाई प्रभावित पार्ने प्रयासहरूमाथि विशेष नजर राख्नेछ।

हाल राज्यको राजनीतिक स्थिति पहिलाबाटै तातिएको छ। विशेष गहन पुनरीक्षण (एसआईआर)-लाई लिएर सत्तारूढ़ तृणमूल कंग्रेस र विपक्षमाझ आरोप-प्रत्यारोपको सिलसिला जारी छ। सूत्रानुसार एसआईआरको अधिसूचना कुनै पनि समय जारी हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande