कोलकाता, 17 अक्टोबर (हि.स.)। सल्टलेकमा गए बिहीवार राति त्यसबेला कोकोहोलो मचियो जतिबेला गुजरातका चारजना कुख्यात अपराधीहरूलाई पक्रिन गएको पुलिसको आँखा अगाड़िबाटै एकजना अपराधी नाटकीय ढंगमा पाइपको सहारामा भवनदेखि तल झरेर भाग्यो। पुलिसले तीन जना अपराधीहरूलाई पक्राउ गरेको छ भने एक जना अहिले पनि भागेको छ।
पुलिस सूत्र अनुसार यी चारैजना अपराधीहरू राजस्थानको कुचमान क्षेत्रका एकजना व्यापारीको हत्या गरेर भागेका थिए। गुप्त सूचनाको आधारमा कोलकाता पुलिसले गए बिहीवार राति सल्टलेकको पूर्वाञ्चल आवास परिसरमा छापा मारेर दुईजना अपराधीहरूलाई घटनास्थलबाट समात्यो भने अन्य दुईजना त्यहाँबाट भागे।
भागेका अपराधीहरूमध्ये एक जना कलस्टर-फोर भवनको छतमा गएर लुक्यो अनि मौका पाउनसाथ त्यहाँबाट भाग्ने चेष्टा गऱ्यो। भनिन्छ, उसले पहिला आफूलाई पुलिसकर्मी बताएर फ्ल्याटभित्र पस्ने प्रयास गऱ्यो अनि छतको कार्निशमा गएर लुक्यो। पछि उ एउटा घरदेखि अर्को घरमा हाम फाल्दै भाग्यो अन्ततः पाइपलाई समातेर तल झर्न थाल्यो। सुरक्षा कर्मी अनि पुलिसले पछ्याउँदै गएर उसलाई फूलबगान थाना क्षेत्रस्थित बंगाल अकादमी नजिकबाट समात्यो।
तथापि चौथो अपराधी अहिले पनि भागेको छ जसलाई खोजिरहेको छ। पक्रा पर्ने अपराधीहरूको पहिचान गणपत गुर्जर, धर्मेन्द्र गुर्जर र जुबेर अहमदको रूपमा भएको छ भने भगौड़ा आरोपीको नाम महेश गुर्जर हो।
अर्कोतिर यस घटनाको कारण सल्टलेकको आवासीय क्षेत्रमा भय फैलिएको छ।
कोलकाता पुलिसले भनेको छ, भगौड़ा आरोपीलाई चाँड़ै समातिनेछ अनि हत्याको सम्पूर्ण मामिलाको द्रूत गतिमा जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा