पश्चिम मेदिनीपुरः तलाउमा भेटियो नवजात कन्याको शव
पश्चिम मेदिनीपुरः तलाउमा भेटियो नवजात कन्याको शव


मेदिनीपुर, 17 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी थाना अन्तर्गत नछिपुरको विष्णुनगर क्षेत्रमा गए बिहीवार स्थानीय मानिसहरूले यहाँको एउटा तलाउमा नवजात कन्याको शवलाई देखे। त्यसपछि क्षेत्रमा खैलाबैला भयो।

सूचना पाए लगत्तैत केशियारी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी केशियाड़ी ग्रामीण अस्पतालमा लगियो। अस्पतालका डाक्रहरूले नवजातलाई मृत घोषित गरिदिए। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो। घटनालाई लिएर जाँच शुरू गरिएको छ साथै यो पत्तो लगाउने चेष्टा गरिँदैछ कि नवजात कन्यालाई तलाउमा कसरी फालियो, कसले फाल्यो।

स्थानीय मानिसहरू यस घटनाको कारण स्तब्ध भएका छन्। उनीहरूले प्रशासनसित कठोर कारबाही गर्ने माग गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande