रायपुर, 17 अक्टोबर (हि.स.)। छत्तीसगढ़को जगदलपुरमा आज शुक्रवार नक्सलीहरूको सबैभन्दा ठूलो आत्मसमर्पण हुन गइरहेको छ। बस्तर भ्रमणमा जानपूर्व रायपुर एयरपोर्टमा मुख्यमन्त्री विष्णुदेव सायले पत्रकारहरूसित चर्चा गर्दै भने, आजको दिन सम्पूर्ण देशको लागि ऐतिहासिक हो। छत्तीसगढ़ चाँड़ै नै नक्सल मुक्त हुनको साथै बस्तरभरि नै विकास कार्य तीव्र गतिमा हुनेछ।
मुख्यमन्त्रीले भने, आज ठूलो संख्यामा नक्सलीहरू आत्मसमर्पण गरेर मुख्य धारामा जोड़िरहेका छन्। आजको दिन देशकै लागि ऐतिहासिक दिन हो। सरकार आत्मसमर्पण गर्ने नक्सलीहरूको पुनर्वासको लागि प्रतिबद्ध छ। हामीले शुरूबाटै हतियार बिसाउने आह्वान नकस्लीहरूसित गर्दै आइरहेका छौं। मुख्यमन्त्री सायले जगदलपुरतर्फ प्रस्थान भएका छन्। उनीसित उपमुख्यमन्त्री अरूण साव सहित अन्य जनप्रतिनिधिहरू पनि प्रस्थान भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा