24 हजार किलोमीटरको साइकल यात्रा पूरा गरी घर फर्के अमृत किस्कु
24 हजार किलोमीटरको साइकल यात्रा पूरा गरी घर फर्के अमृत किस्कु


पश्चिम मेदिनीपुर, 21 अक्टोबर (हि.स.)। पर्यावरण संरक्षण र जागरूकताको सन्देश फैलाउने उद्देश्यले साइकल यात्रामा निस्केका अमृत किस्कु 24 हजार किलोमीटरको यात्रा सफलतापूर्वक पूरा गरी घर फर्केका छन्। उनको यो यात्रा दुई वर्ष एक महिना र नौ दिन चल्यो। यस अवधि उनले देशका 28 राज्य र 5 केन्द्र शासित प्रदेशहरूको दौड़ाह गरे।

अमृतले आफ्नो यस यात्राको शुरूआत पर्यावरणप्रति मानिसहरूमा जागरूकता फैलाउने उद्देश्यले गरेका थिए। यस अवधि उनलाई विभिन्न प्रकारको प्राकृतिक र भौगोलिक कठिनाईहरूको सामना गर्नुपऱ्यो तर उनको उत्साह र संकल्प अडिग रह्यो।

मंगलवार बिहान उनी अन्ततः आफ्नो किशियाड़ी ब्लक स्थित घर फर्के, जहाँ परिवार र स्थानीय मानिसहरूले उनको सौहार्दपूर्ण स्वागत गरे। आफ्नो यात्रामा अमृतले अनेकौं मानिसहरूलाई भेटे औं उनीहरूलाई पर्यावरण संरक्षणको सन्देश दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande