विवेक ओबेरोयले च्यारिटीका लागि ‘रामायण’ को पारिश्रमिक लिएनन्
Vivek oberai


मुम्बई, २८ अक्टोबर (हि.स.)। अभिनेता विवेक ओबेरोय अहिले आफ्नो हास्य फिल्म फ्रेन्चाइजी ‘मस्ती ४’ को प्रचारमा व्यस्त छन्। यो फिल्म नोभेम्बर २१ मा रिलिज हुने तयारीमा छ र दर्शकहरूमा यसको प्रतीक्षा उच्च स्तरमा छ। यिनै बीच विवेकले गरेको एक खुलासाले सबैको मन जितेको छ।

रणबीर कपूर अभिनीत ‘रामायण : भाग १’ मा महत्वपूर्ण भूमिका निभाइरहेका विवेकले खुलासा गरेका छन् कि उनले यस फिल्मबाट पाएको सम्पूर्ण पारिश्रमिक च्यारिटीका लागि दान गरेका छन्।

अभिनेताले एक अन्तर्वार्तामा भने, म सधैं क्यान्सरपीडित बालबालिकाको सहयोग गर्न चाहन्थे। मैले निर्माता नमित मल्होत्रालाई स्पष्ट भनेँ, मलाई यस फिल्मको लागि एक रुपियाँ पनि चाहिँदैन। यो रकम क्यान्सरबाट जुधिरहेका बच्चाहरूको उपचारमा खर्चिनुपर्छ। त्यो नै साँचो कमाइ हो।”

‘रामायण : भाग १’ मा विवेक विभीषणको भूमिका निभाइरहेका छन्, जसले धर्मको पक्षमा उभिँदै आफ्नै दाजुको विरोध गर्छ। रोचक कुरा के छ भने, वास्तविक जीवनमा पनि विवेकले मानवीयता र परोपकारको बाटो रोज्दै त्यस्तै कदम उठाएका छन्।

विवेक ओबेरोयको करियर अहिले आकर्षक मोडमा पुगेको छ। ‘रामायण’ र ‘मस्ती ४’ का अतिरिक्त उनी निर्देशक संदीप रेड्डी वाङ्गाको उच्च बजेटको फिल्म ‘स्पिरिट’ मा पनि देखिनेछन्, जसमा प्रभास र तृप्ति डिम्री मुख्य भूमिकामा छन्।

आगामी परियोजनाहरूका बारेमा विवेकले भने, “जिन्दगी अद्भुत छ। म अब कुनै दबाउमा होइन, केवल आफ्नो उत्साह र भावनाको आधारमा प्रोजेक्टहरू रोज्दैछु। ब्रह्माण्डले सधैं तपाईले अनुभूत गरेको ऊर्जालाई नै फर्काउँछ।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande