जीन्दमा 14 किलो गांजा समेत एक पक्राउ
जीन्दमा 14 किलो गांजा समेत एक पक्राउ


जीन्द, 03 अक्टोबर (हि.स.)। मादक पदार्थहरू र नशा तस्करी विरूद्ध पुलिसले लगातार विशेष अभियान चलाइऱहेको छ। अभियान अन्तर्गत सीआईए-वन ले गुप्त सूचनाको आधारमा कारबाही गर्दै सफीदो गेट निवासी रविलाई 14 किलो 600 ग्राम गांजा सहित पक्राउ गरेको छ। पुलिसले रविसित सोधपुछ गरिरहेको छ।

शुक्रवार जानकारी गराउँदै सीआईए इन्चार्ज मनीषले बताए, सीआईएले सरकारी गाड़ी सहित पेट्रोलिङ गरिरहेको थियो। तब एक युवक सोमनाथ मन्दिरको पछाड़ी गलीमा प्लास्टिकमा प्रचुर मात्रामा नशालु पदार्थ बेच्ने उद्देश्यले खड़ा रहेको सूचना पाइयो। सूचनाको आधारमा टीमले तुरन्तै बताइएको ठाउँमा छापा माऱ्यो र युवकलाई पक्राउ गऱ्यो। पुलिसले उदेखि गांजा जफत गऱ्यो। जसको ओजन 14 किलो 600 ग्राम थियो। पुलिसले आरोपी विरूद्ध नशालु पदार्थ निरोधक अधिनियम अन्तर्गत मामिला दर्ता गरी सोधपुछ शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande