गुवाहाटी, 03 अक्टोबर (हि.स.)। गुवाहाटीको फ्यान्सी बजारस्थित एसएस रोडको साइबर मार्टमा आज बिहान भीषण आगो लाग्यो जसमा निसास्सिएर एकजना व्यक्तिको मृत्यु भयो।
सूत्रबाट प्राप्त जानकारी अनुसार आगो लागिरहेको समय चारजना मानिसहरू भित्र फसेका थिए। राहत अनि बचाउ दलले उनीहरूलाई बाहिर निकाले, तर केही मानिसहरू गम्भीर रूपमा घाइते भए जसलाई अस्पतालमा भर्ती गरिएको छ।
आगोलाई नियन्त्रण गर्नको लागि दशवटा अग्निशमन वाहहरूलाई घटनास्थलमा तैनाथ गरियो। प्रारम्भिक जाँचमा शर्ट सर्किटलाई आगलागीको कारण बताइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा