पश्चिमी सिंहभूम, 3 अक्टोबर (हि.स.)। पश्चिमी सिंहभूम जिल्लाको टोंटो थाना क्षेत्रमा एक हृदय विदारक घटना भएको प्रकाशमा आएको छ। दुई दिनदेखि बेपत्ता महिलाको शवलाई शुक्करवार गाउँ नजिकै जंगलबाट उद्धार गरिएको छ। मृतकाको पहिचान किताहातु टोला लातार गाउँ निवासी मुखमति लोहारको रूपमा गरिएको छ। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार अपराधीहरूले धारिलो हतियारले उसको गला रेटेर हत्या गरिदिएको हो।प्राप्त जानकारी अनुसार सुखमति लोहार मंगलवार कुनै कामले घरबाट गएकी थिइन्, तर अबेर साँझसम्म पनि तिनी फर्किनन्। परिवारले खोज तलास गऱ्यो तर कतै भेटेन। शुक्रवार बिहान गाउँ नजिकैको जंगलमा तिनको शव रगताम्मे अवस्थामा भेटियो। शवलाई देखेपछि तुरून्त पुलिसलाई सूचना दिइयो।
सूचना पाकर टोंटो थाना प्रभारी दल-बल सितै घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। प्रारम्भिक जाँचमा स्पष्ट भयो, महिलाको हत्या धारिलो हतियारले गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा