नारनाैल, 3 अक्टोबर (हि.स.)। नारनौलमा बिहीवार साँझ एकजना युवकले घरभित्र पसेर एकजना महिलाको गला दबायो। महिला चिच्याएको सुनेर घरका अन्य महिलाहरू पनि त्यहाँ पुगे। आरोपी युवकले मौकाको फाइदा उठाएर महिलाहरूलाई धक्का दिएर भाग्यो। महिलाहरूले चिच्याएपछि छिमेकका मानिसहरूले युवकलाई समाते। त्यसपछि आरोपीलाई पुलिसकहाँ सुम्पिइयो। महिलाको सिकायतमा पुलिसले आरोपी युवकविरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस अनुसार शिवाजी नगरमा बस्ने महिला शकुन्तला देवीले बताइन्, बिहीवार साँझ तिनी आफ्नो घरमै थिइन्। तिनका बुहारी र पाँच वर्षीय नातिनी बाथरूममा गएका थिए। यसै अवधि पटिकरा गाउँको राहुल नामक युवक घरभित्र पस्यो अनि तिनको गला दबायो। शकुन्तला देवी चिच्याउन थालेपछि राहुलले तिनको मुख थुनिदियो। तिनको आवाज सुनेर बुहारी त्यहाँ पुगिन्। तर आरोपी युवकले तिनलाई घक्का दिएर त्यहाँबाट भाग्यो। तर पछि उसलाई पछ्याएर स्थानीय मानिसहरूले समाते। पुलिस घटनाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा