बंगालमा मतदाताहरूको सुविधाको लागि सार्वजनिक गरिनेछ बीएलओको नम्बर
बंगालमा मतदाताहरूको सुविधाको लागि सार्वजनिक गरिनेछ बीएलओको नम्बर


कोलकाता, 30 अक्टोबर (हि.स.)। पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयले विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाको क्रममा मतदाताहरूलाई अधिक सुविधाजनक सेवा उपलब्ध गराउने ध्येयले सम्बन्धित क्षेत्रका बूथ स्तरीय अधिकारियों (बीएलओ)- को जानकारी साझा गर्नको लागि सञ्चार च्यानल शुरू गरेको छ।

सीईओ कार्यालयले निर्णय लिएको छ, सबै क्षेत्रका बीएलओको वितरण अनि उनीहरूक मोबाइल नम्बरलाई व्यापक रूपमा सार्वजनिक गरिनेछ ताकि कुनै पनि असुविधाको स्थितिमा मतदाताहरूले सोझै सम्बन्धित बीएलओसित सम्पर्क गरेर आफ्नो समस्याको समाधान गर्न सकुन्।

सीईओ कार्यालयका एकजना अधिकारीले भने, बीएलओको जानकारी जसमा मोबाइल नम्बर पनि सामेल हुनेछ, सीईओ कार्यालयको वेबसाइटसँगसँगै सम्बन्धित जिल्लाधिकारीहरूक वेबसाइटमा पनि उपलब्ध हुनेछ। यसको साछै क्षेत्रगत रूपमा जागरूकता अभियान पनि संचालन गरिनेछ ताकि मतदाताहरूलाई आफ्नो बीएलओको बारेमा जानकारी प्राप्त हुन्सकोस्।

पश्चिम बंगाल सहित 12 वटा राज्यहरूमा एसआईआरको घोषणा यसै सप्ताको शुरूमा गरिएको थियो। तीन चरणमा हुने यस प्रक्रियाको पहिलो चरण आगामी 4 नोभेम्बरदेखि शुरू हुनेछ। पहिलो चरणमा बीएलओले घर-घरमा गएर मतदाताहरूबाट विवरण एकत्र गर्नेछन् अनि पञ्जीकरण फारम भराउनेछन्। यस चरणको समाप्तिपछि राज्यमा प्रारूप मतदाता सूची जारी गरिनेछ।

सीईओ कार्यालयले यो पनि व्यवस्था गरेको छ, मतदाताहरूले आफूले भरेको फारमलाई विभिन्न माध्यमहरूबाट जमा गर्न सक्नेछन् वा आफ्नै क्षेत्रका बीएलओलाई दिन सक्नेछन् जो घर-घरमा जानेछन् वा सोझै सम्बन्धित निर्वाचन पञ्जीकरण कार्यालयमा जमान गराउन सक्नेछन्।

कार्यालयका अधिकारी अनुसार यदि कुनै मतदाता पहिलो चरणमा घरदेखि बाहिर छन् भने उसले सीईओ कार्यालयको वेबसाइटमा गएर अनलाइन फारम भर्न सक्नेछ। यदि कुनै मतदाता पेशागत कारणले राज्य बाहिर छ भने उसको परिवारका कुनै सदस्यको पक्षबाट फारममा हस्ताक्षर गर्न सक्नेछ सशर्त आवेदनकर्ताको नाम र सम्बन्ध स्पष्ट रूपमा लेखियो। ध्यान रहोस्, कुनै मतदाताको नाम प्रारूप सूचीमा त्यसबेला मात्र सामेल गरिनेछ जतिबेला उसको भरेको फारम जमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande